Rajshow Bivag

शीर्षस्थानमा रहेको रियल म्याड्रिड सेभियासँग बराबरीमा रोकियो, ग्रिजमनको ह्याट्रिकमा एट्लेटिको मड्रिडको सानदार जित

Departmant of helth services

 

एजेन्सी: स्पेनिस लालिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिड सेभियासँग बराबरीमा रोकिएको छ । सेभियाको घरेलु मैदान इस्टाडीयो सान्चेज पिजुआनमा गएराति भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

 

सेभियाको आत्मघाती गोलको रूपमा आएको थियो भने म्याड्रिडका लागि ड्यानी कार्भाजालले बराबरी गोल फर्काए । रियल म्याड्रिडको गोल खेलको चौथो मिनेटमा नै गोल गरेका थिए । फेडेरीको भालभर्डेले गोल गर्दै अग्रता दिलाएपनि त्यस मुभमा जुड बेलिङ्घम अफसाइड रहेका कारण भिडियो असिस्टेन्ट रेफ्रीले गोलको मान्यता दिएनन् ।

 

खेलको आठौं मिनेटमा भने बेलिङ्घमले बललाई जाली चुमाएका थिए । २८औं मिनेटमा म्याड्रिडका डिफेन्डर ड्यानी कार्भाजालले इभान राकिटिचको प्रहार गोल लाइनबाट क्लियर गरेका थिए । खेलको ७४औं मिनेटमा सेभियाले अग्रता लियो। मार्कोस अकुनाको क्रसमा डेभिड अलाबाले बललाई आफ्नै जाली भित्र हालेका थिए ।

 

तर त्यसको चार मिनेट पछि नै म्याड्रिडले गोल फर्कायो । टोनी क्रूसको फ्रीकिकमा कार्भाजालले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। अन्त्यमा खेल बराबरीमा सकियो । बराबरी पछि म्याड्रिडको १० खेलमा २५ अंक भएको छ । दोस्रो स्थानमा रहेको जिरोनाको नौं खेलमा २२ अंक छ । यस्तै नौं खेल नै खेलेको बार्सिलोनाको २१ अंक रहेको छ । बार्सिलोनाले आज राती एथलेटिक क्लब बिलबाओको सामना गर्नेछ ।

 

यसैगरी गएराती नै भएको अर्को खेलमा एन्टोइन ग्रिजमनको ह्याट्रिकमा एट्लेटिको मड्रिडले १० खेलाडीमा समेटिएको सेल्टा डि भिगोलाई ३–० ले पराजित गरेको छ । भिगोमा शनिबार राति भएको खेलको २५औं मिनेटमा नै घरेलु टोली १० खेलाडीमा समेटिन पुग्यो ।

 

 

खराव ट्याकलका कारण गोलरक्षक इभान भिलार सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसमै प्राप्त पेनाल्टीमा ग्रिजमन चुकेनन् र टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । त्यसपछि ग्रिजमनले ६४औं र ७०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दै टोलीलाई सहज जित दिलाए ।

 

यस जितसँगै एट्लेटिको ९ खेलबाट २२ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान २२ अंक नै भएपनि जिरोना गोल अन्तरमा पछि छ । पराजित सेल्टा ६ अंकसहित १८औं स्थानमा छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...