Rajshow Bivag

सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से १८८९ विन्दुमा

Departmant of helth services

 

काठमाडौं: सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको नेप्से परिसूचक मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो । यस दिन नेप्से परिसूचक १९.०६ अंकले घटेर १८८९.५९ विन्दुमा झरेको छ ।

 

यो पछिल्लो ४ महिना यताकै न्यून विन्दु हो । यसअघि गत वैशाख १९ गते नेप्से परिसूचक १८६६ विन्दुमा झरेको थियो । यस दिन सेन्सेटिभ इण्डेक्स ३.४५ अंकले घटेर ३६१.३१ विन्दुमा बन्द भएको छ । नेप्से घटेपनि यसदिन कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको  छ । आज २८२ स्क्रीप्टको ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १४५ रुपैयाँमा किनबेच भए ।  सोमबार १ अर्ब १७ करोडको सेयर कारोबार भएको थियो ।

 

मंगलबार १९३ स्क्रीप्टको मूल्य घट्दा ३१ स्क्रीप्टको मात्रै बढेको हो । नेप्से घटेको दिन सबैभन्दा बढी अपर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ता कमाए । यो हाइड्रोपावरको ५.८६ प्रतिशतले सेयर मूल्य बढ्यो । बराही हाइड्रोपावरको सेयर मूल्य भने ७.६४ प्रतिशतले ओरालो लाग्यो ।

 

कारोबार रकमका आधारमा सानिमा जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको २ अर्ब ३७ लाख  ८४ हजार ९९१ रुपैयाँको सेयर कारोबार भयो । नबिल बैंकको ३४ करोड, एनआईसी एसिया बैंकको ३० करोड, शिवम् सिमेन्टको २६ करोड र सिटीजन्स लाइफ इन्स्योरेन्सको २६ करोड मूल्यको सेयर कारोबार गरी शीर्ष पाँचमा पर्न सफल भए ।

 

कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घट्यो । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशतले घटेको हो ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...