YouTube Link

डेंगु सङ्क्रमितको संख्या ह्वात्तै बढ्यो, दुई दिनमा १५ सय बढी नयाँ

Khanepani Dhal
Facebook Link

 

काठमाडौं: गएको दुई दिनमा डेंगु सङ्क्रमितको संख्या ह्वात्तै बढेर १५ सय बढी पुगेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्क अनुसार हालसम्म ३६ हजार ७४४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

 

दुई दिन अघि ईडीसीडीले प्रकाशन गरेको तथ्याङ्कमा सङ्क्रमित सङ्ख्या ३५ हजार २२३ जना सङ्क्रमित थिए । आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । सङ्क्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरी जिल्लामा छन् । सुनसरीमा १६ हजार ९५ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै दोस्रोमा तनहुँ जिल्लामा ३  हजार ७१० जना सङ्क्रमित छन् ।

 

तेस्रोमा झापा ३ हजार ५७१ हजार, धादिङमा ३ हजार १२९ जनामा सङ्क्रमण भएको छ । मोरङ २ हजार २७३ जना सङ्क्रमित हुँदा कास्की १ हजार ४०८ जना सङ्क्रमित भएका छन् । काठमाडौंमा ७८५  जना सङ्क्रमित भएको ईडीसीडीले जनाएको छ । उता सङ्खुवासभामा ५२८ जना सङ्क्रमण पुष्टि हुँदा कैलालीमा  ४८१ जनामा सङ्क्रमण भएको छ । धनकुटामा सङ्क्रमितको सङ्ख्या ४४५ जना पुगेको छ ।

 

सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २३ हजार ७०५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि बाग्मती प्रदेशमा ४ हजार ८५३ जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ५ हजार ७५४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  त्यस्तै सुदूरपश्चिम प्रदेशमा १ हजार ७९, मधेस प्रदेशमा ५८५, लुम्बिनी प्रदेशमा ६४५ र कर्णाली प्रदेशमा १२३ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
बिहीबार मध्यराती १० जना डीआईजीको सरुवा, को कहाँ पुगे ?

बिहीबार मध्यराती १० जना डीआईजीको सरुवा, को कहाँ पुगे ?

वि.सं.२०८१ मंसिर २८ शुक्रवार ०९:१४

काठमाडौं: नेपाल प्रहरीका १० जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को...

पहिलो सेमिफाईनल इरान र क्यालिकट हिरोज तथा दोस्रो सेमिफाईनल हेल्प नेपाल र क्लब एचडिसीबीच प्रतिष्पर्धा हुँदै

पहिलो सेमिफाईनल इरान र क्यालिकट हिरोज तथा दोस्रो सेमिफाईनल हेल्प नेपाल र क्लब एचडिसीबीच प्रतिष्पर्धा हुँदै

वि.सं.२०८१ मंसिर २८ शुक्रवार ०८:३६

काठमाडौं: सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिप...

पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिष्पर्धा हुँदै

पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिष्पर्धा हुँदै

वि.सं.२०८१ मंसिर २८ शुक्रवार ०७:१६

काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज २२औं...

हेर्नुहोस् आज २०८१ मंसिर २८ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ मंसिर २८ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ मंसिर २८ शुक्रवार ०६:४३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

सुपर ओभरमा पोखराद्वारा विराटनगर पराजित

सुपर ओभरमा पोखराद्वारा विराटनगर पराजित

वि.सं.२०८१ मंसिर २७ बिहीवार १३:४७

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुपर ओभरमा विराटनगर माथि...

ईरान क्लव र क्यालिकट हिरोज तथा हेल्प नेपाल स्पोर्टस क्लब र माल्दिभ्सको क्लब एचडिसीबीच प्रतिष्पर्धा हुँदै

ईरान क्लव र क्यालिकट हिरोज तथा हेल्प नेपाल स्पोर्टस क्लब र माल्दिभ्सको क्लब एचडिसीबीच प्रतिष्पर्धा हुँदै

वि.सं.२०८१ मंसिर २६ बुधवार १०:०३

काठमाडौं: सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिप...