भारतसँग २३ रनले पराजित हुँदै क्वारटरफाइनलबाटै बाहिरियो नेपाल
वि.सं.२०८० असोज १६ मंगलवार १०:१७
2.2K
shares
काठमाडौं: चीनमा जारी १९औं एसियाली खेलकुद अन्तरगत नेपाल पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित हुँदै क्वारटरफाइनलबाटै बाहिरिएको छ ।
चीनको झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रनको योगफल तयार पारेको थियो । भारतका लागि यसस्वीले ४९ बलमा ८ चौका र ७ छक्काको मद्दतमा १ सय रन बनाए । यसैगरी रिंकु सिंहले अविजित ३७, शिवम दुबे अविजित २५ र कप्तान ऋतुराज गायकवाडले २५ रन जोडे ।
पहिलो विकेटका लागि यशस्वी र ऋतुराजले १०३ रनको साझेदारी गरेका थिए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान १ विकेट लिए । २०३ रनको विजयी लक्ष्यसहित मैदानमा आएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७९ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । आरिफ शेख २९ रन बनाएर आउट हुँदा सन्दीप जोराले २९ रन नै बनाएर पेभिलियन फर्किए । कुशल भुर्तेलले २८ रन बनाए । सोमपाल कामीले ७ रन बनाउँदा गुल्सन झाले ६ रन बनाए । यस्तै करण केशी १८ रनमा अविजित रहे ।
भारतका रवि विस्नोइले र अवेश खानले समान तीन विकेट लिँदा, अर्शद्वीप सिंहले दुई विकेट लिए । साई किशोरले एक विकेट लिए । भारतले सिधैं क्वार्टरफाइनल खेलेको हो । समूह ‘ए’ को नेपालले मंगोसियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।
वि.सं.२०८० असोज १६ मंगलवार १०:१७



















