YouTube Link

नेपाल र माल्दिभ्स भिड्दै, टस जितेर नेपाल ब्याटिङ गर्दै

Facebook Link

 

काठमाडौं: चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटमा आज नेपालले माल्दिभ्सविरुद्ध खेल्दै छ । नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

 

नेपालले पहिलो खेलमा मंगोलियालाई २७३ रनले हराएको थियो । मंगोलियाविरुद्ध ११ विश्व कीर्तिमान बनाएको नेपालले माल्दिभ्सविरुद्ध पनि त्यस्तै नतिजा निकाल्न चाहन्छ । माल्दिभ्सले दोस्रो रोजाईको टोली एसियाड खेल्न पठाएको छ । पहिलो रोजाईको टोली कतारमा आइसिसी टि-२० विश्वकप एसिया रिजनल छनोट ‘ए’ खेलेको छ ।

 

माल्दिभ्सले पहिलो खेलमा मंगोलियालाई ९ विकेटले हराएको थियो । यस खेलको विजेता टोली क्वाटरफाइनलमा स्थान बनाउनेछ । नेपालको लक्ष्य माल्दिभ्सविरुद्ध पनि रनको वर्षा नै हुनेछ । विश्व वरियतामा टि-२० आईमा माल्दिभ्स ७८औं र नेपाल १६औं स्थानमा छ । त्यसमा पनि माल्दिभ्सको दोस्रो रोजाईको टोली छ ।

 

नेपालका तीव्र गतिका बलर करण केसीलाई आजको खेलमा विश्राम दिएको छ । करणले विश्राम पाउँदा विकेटकिपर विनोद भण्डारीलाई टोलीमा मौका दिएको छ । नेपालले मंगोलियाबाट टोलीमा अन्य परिवर्तन गरेको छैन । नेपालको बेन्चमा प्रतिश जि.सी, सागर ढकाल, विवेक यादव र करण केसी छन् ।

 

नेपालको प्लेइङ-११

कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...