YouTube Link

एनआरएनए उपमहासचिव पदका उम्मेदवार प्रविन गुरुङद्वारा ११ बुँदे एजेण्डासहित उम्मेदवारी घोषणा

Facebook Link

 

कतार: गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३/०२५) को लागि कतार निवासी प्रविन गुरुङले ११ बुँदे एजेण्डा सहित उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन ।

 

एनआरएनए अभियानमा लामो समयदेखि लागेका गुरुङले संघको संस्थागत एकता, सुधार र सुदृढीकरणका लागि ११ बुँदे एजेण्डा सहित उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन । सामाजिक सेवा र व्यावसायिक कार्यमा सक्रिय गुरुङले आगामी कार्यकालमा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने, नेपालको विकास र समृद्धिका लागि सामूहिक लगानी ल्याउने, विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरेर रोजगारी बढाउने र सूचना प्रविधीमैत्री स्मार्ट एनआरएनए बनाउने लगायतका एजेण्डाहरु अघि सारेका छन ।

 

आफ्ना एजेण्डाहरु सार्वजनिक गर्दै गुरुङले भने, “मध्यपूर्व, मलेसिया, जापान,कोरिया र युरोपका केही देशको समस्या तथा सम्भावना लगभग एउटै प्रकारका छन । आज म जस्ता युवाहरुले विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्स ६० प्रतिशत भन्दा धेरै अनुत्पादक क्षेत्रमा खर्च भईरहेको छ । हामीले पठाएको रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउनु मेरो प्रमुख प्राथमिकता हुनेछ ।”

 

उनले वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरताको लागि थप पहल गर्ने, नेपालमा पर्यटकहरु भित्र्याउन प्रबर्द्धन गर्ने र नेपाली कला संस्कृतिको जगेर्ना गर्ने एजेण्डाहरु अघि सारेका छन । एनआरएनएमा दोस्रो पुस्ता वा युवा पुस्ता केन्द्रित कार्यक्रम ल्याउने, एनआरएनएको मूल मान्यतालाई कार्यान्वयन गराउने, खेलकुद क्षेत्रको विकास गर्ने र संघको राष्ट्रिय समन्वय परिषद (एनसिसि) मा आबद्ध भएका सबै सदस्यहरुलाई संघको आईसिसी चुनावमा मत हाल्न पाउने व्यवस्थाको लागि पहल गर्ने उनको कार्य योजना छ ।

 

संघको उपमहासचिव पदमा उठ्नु अघि गुरुङले एनआरएनए कतारको  उपाध्यक्ष, मध्यपूर्व उपसंयोजक, संयोजक हुँदै आइसिसीको सचिव पदमा बसेर सफल कार्यकाल सम्पन्न गरिसकेका छन । एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टोबर १७ तारिखदेखि नेपालमा सुरु हुँदैछ ।

 

गुरुङको प्रतिबद्धता पत्र जस्ताको तस्तै

१) सुरक्षित र मर्यादित वैदेशिक रोजगारीः वैदेशिक रोजगार नेपालीका लागि अझै बाध्यता नै छ तर वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन जरुरी छ । स्वदेशमानै सीप तथा तालिमको व्यवस्था गर्ने, वैदेशिक रोजगारको चक्रलाई सहजीकरण, अभिमूखिकरण तथा जनचेतनाका कार्यक्रमका गर्नका लागि मेरो उम्मेदवारी हो । आज देशको अर्थतन्त्र धान्ने श्रमिकहरुको समस्यालाई नजिकबाट बुझेकाले उहाँहरुको मुद्दा एनआरएनको सर्वाधिक महत्वको विषय हुनुपर्छ भन्नेमा मेरो जोड रहनेछ । सुरक्षित वैदेशिक रोजगार बनाउन तथा समस्यामा परेकाहरुको सहयोगका लागि सरकारसँगको सहकार्य गर्न मेरो उम्मेदवारी हो ।

 

२) सामुहिक लगानीः आम नेपालीले सोचेको शुखी र सम्बृद्ध नेपाल बनाउने सपना साकार पार्नका उचित क्षेत्रमा एनआरएनहरुको सामूहिक लगानी ल्याउन मेरो उम्मेदवारी हो । सामुहिक लगानीमा सबैको सानो सानो पूँजी समेटर देश विकास लगानी गर्न पहल गर्नेछु ।

 

३) सीप र पूँजीको सदुपयोगः विदेशमा सिकेको र आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरेर स्वदेशमा नै रोजगारको विकास गर्ने, वैदेशिक रोजगारबाट फर्किएपछि पुनः विदेश जानु पर्ने अवस्थाको अन्त्यका लागि पहल गर्न मेरो उम्मेदवारी हो ।

 

४) स्मार्ट एनआरएनए बनाउनः विदेशमा रहेका सवैको अपनत्व हुने गरी सबै बर्ग, क्षेत्र, उमेर, लिङ्गलाई समेट्ने गरी विधान र पद्धतिमा चल्ने निस्वार्थ र गैर राजनीतिक संस्थाका रुपमा आगाडि बढाउने प्रविधीमैत्री स्मार्ट एनआरएनए बनाउन मेरो उम्मेदवारी हो ।

 

५) रेमिट्यान्सको सही सदुपयोग र लगानीः मध्यपूर्व, मलेसिया, जापान र कोरियाका समस्या तथा संभावना लगभग एउटै किसिमका छन । आज म जस्ता युवाहरुले विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्स ६० प्रतिशत भन्दा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ हामीले पठाएको रेमिटेन्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउनु मेरो प्राथमिकता हुनेछ । अनुत्पादक क्षेत्रमा भइरहेको खर्च कटौती गर्दै राष्ट्र विकासमा बैदेशिक रोजगारीले ठोस योगदान पु¥याउने वातावरण बनाउनु मेरो प्राथमिकता हो ।

 

६) नागरिकताको निरन्तरताका लागिः हामीले स्थापनाकालदेखि उठाउँदै आएको नागरिकताको निरन्तरताको विषय संवोधन भएको छ । अव यसको कार्यान्वयन सहति वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरताको लागि थप पहल रहनेछ साथै गोर्खा तथा पिएनओका विषयलाई अझै निष्कर्षमा पु¥याउन मेरो प्रतिवद्धता रहनेछ ।

 

७) स्वदेशमा पर्यटन प्रवर्द्धनः पर्यटकहरुलाई नेपाल भित्राउनका लागि प्रोत्साहन गर्न आवश्यक भूमिका खेल्नेछु । साथै विदेशी लगानी नेपाल भित्राउन एनआरएन मार्फत विशेष पहल गर्नेछु । सामुहिक लगानी ल्याउनको मेरो विशेष जोड रहनेछ । ८) नेपाली कलासँस्कृतिको जगेर्ना गर्न नेपाली कला संस्कृतिलाई विदेशमा जगेर्ना गर्नका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने मेरो प्रतिवद्धता छ । विगतमा मैले गरेका कामको अनुभवले मलाई सहज हुनेछ ।

 

९) एनआरएनएमा युवा आकर्षित गर्न हामी अहिले पहिलो पुस्ता एनआरएनए अभियानमा लागेका छौ तर दोश्रो पुस्तालाई आकर्षित गर्न सकिएको छैन । दोश्रो पुस्ता वा युवा केन्द्रित कार्यक्रम ल्याउने प्रतिवद्ध जनाउँछु ।

 

१०) एनआरएनएको परिभाषा कार्यान्वयन गर्नः रआवासीय नेपाली संघको स्थापनाकालमा परिभाषित र विश्वमान्यता लाई समेत आधार मानी १८२ दिन भन्दा वढी सार्क मूलुक भन्दा वाहिर वसोवास गरेका नेपाली वा नेपाली मूलका व्यक्तिहरु गैरआवासीय नेपाली हुन भन्न्ने मान्यतालाई कार्यान्वयन गराउन मेरो विषेश जोड रहने छ ।

 

११) खेलकूद क्षेत्रमा विकाशः हरेक नागरीकको स्वास्थ्य र व्यक्तित्व विकास सहित विश्वभरनै राष्ट्र पहिचानको लागी खेलकुद सवैमा अपरिहार्य छ । सोही आसयलाई सार्थकतामा लिनको लागी प्रदेश स्तरीय सुविधा सम्पन्न वहुउद्देश्य स्पोर्टस क्लवको अवधारणा लाई लिई नेपाल सरकार संग समन्वय गरी कार्य सम्पादन तर्फ लागीने छ । माथि उल्लेखित बुंदाहरु मेरा प्राथमिकतामा परे पनि तत्कालिन अवस्थामा आइपर्ने सबै काममा मेरो सक्रिय भूमिका रहनेछ । एनआरएनए अभियानमा काम गर्ने मेरो अभिप्रायलाई एनआरएनए आईसीसी सचिवको भूमिकामार्फत पूरा गर्ने अवसरका लागि यहाँहरु सबैमा हार्दिक अनुरोध गर्दछु | अन्तमा तपाइको सद्भाव, सहयोग र सुझाव नै मेरो लागि अमूल्य नीधि हुन । त्यसकै बला एनआरएन अभियानलाई अझ उचाईमा पुर्याउन सव प्रतिवद्ध रहनेछु ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...