YouTube Link

हेर्नुहोस् आज २०८० असोज ५ गते शुक्रबार तपाईको राशिफल

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ

स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। मिहिनेत परे पनि भाग्यले सफलताको उचाइमा पुर्याउनेछ।

 

वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्यपूर्ण सत्कार पनि पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। दिउँसाेतिर स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अर्थहानि हुन सक्छ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।

 

मिथुन – Gemini का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। दिउँसाेदेखि व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। पशुपालन तथा कृषि क्षेत्रबाट पनि फाइदा उठाउन सकिनेछ।

 

कर्कट – Cancer हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। रोकिएका काम बन्नाले दिउँसाेदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थद्वारा शत्रुको मनोबल कमजोर बन्नेछ। पेसा–व्यवसायतर्फ मनग्य फाइदा उठाउन सकिने समय छ।

 

सिंह – Leo मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अरूलाई दिएको वचन पूरा गर्न नसक्दा मन खिन्न रहला। बिहान घरेलु काममा अलमलिनुपरे पनि दिन उपलब्धिमूलक रहनेछ। अध्ययनको नतिजा राम्रो आउनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ। काममा शुभचिन्तकहरूको सहयोग जुट्नेछ। आम्दानीका स्रोत बढ्नेछन्।

 

कन्या – Virgo टो, प, पि, पु, ष, ण, ठ, पे, पो

नयाँ काम र व्यापारमा बिहानको समय अनुकूल रहनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। छोटो समयमै राम्रो प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ने समय छ। अरूकाे विवाद मिलाउन अघि नसर्नुहाेला।

 

तुला – Libra र, रि, रु, रे, रो, ता, ति, तु, ते

अध्ययनमा प्रगति हुनेछ। लेखन कला र अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। मिहिनेत गर्दा काममा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ। लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ।

 

वृश्चिक – Scorpio तो, ना, नि, नु, ने, नो, या, यि, यु

इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। दिउँसाेतिर वादविवादमा परिने सम्भावना देखिएकाले कम बाेल्नु राम्राे हुनेछ। ईर्ष्या गर्नेहरूले भने अलि दुःख दिनेछन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ।

 

धनु – Sagittarius ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसाेदेखि केही अवसर प्राप्त हुनेछन् तर काम राेकिन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ।

 

मकर – Capricorn भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर दिउँसाेदेखि आर्थिक समस्याले अलि दु:ख पाइनेछ। खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। सानाे काममा बढी रकम बाहिरिन सक्छ।

 

कुम्भ – Aquarius गु, गे, गो, सा, सि, सु, से, सो, द

पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। दिउँसाेदेखि अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। अवसर आए पनि जिम्मेवारी सम्हाल्न बाधा पर्नेछ। उठ्नुपर्ने रकम पनि अड्किन सक्छ।

 

मीन – Pisces दि, दु, थ, झ, ञ, दे, दो, च, चि

भाग्योन्नतिको समय छ। पहिलेकाे उपलब्धिले उत्साह जगाउनेछ। एउटै कामबाट दोहोरो फाइदा उठाउन सकिनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ। विशेष कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मनिश्चय गर्ने समय छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सफलता मिल्नेछ।

 

साभारः नेपाली पात्रोबाट, लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...