Rajshow Bivag

घरेलु टोली नेपाल पाकिस्तानसँग १-० गोल अन्तरले पराजित

Departmant of helth services

 

काठमाडौं: साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

 

दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १-० को गोल अन्तरले पराजित भएको हो । पाकिस्तानी मिडफिल्डर अली जफरले खेलको ७६औं मिनेटमा गरेको उत्कृष्ट गोल नै निर्णायक गोल बन्यो । खेलमा नेपालको प्रदर्शन सोचेजस्तो राम्रो हुन सकेन । नेपालको आक्रामण खेल पुरै समय नै फितलो रह्यो ।

 

उता पाकिस्तानले भने गोलको धेरै अवसरहरु सृजना गरको थियो । पाकिस्तानले नेपाल भन्दा बढी अवसरहरू सिर्जना गर्दै घरेलु टोली नेपाललाई निरन्तर दबाबमा राखेको थियो । तर नेपालका गोलरक्षक र कप्तान जियारथ शेखले पाकिस्तानलाई गोल गर्नबाट निरन्तर रोकेका थिए ।

 

खेलको ३३औं मिनेटमा पाकिस्तानले केही सेकेन्डमै दुई ओटा अवसर पायो । मोहम्मद आदिलको प्रहार शेखले बचाएपछि मोहम्मद हरूनले पाएको मौकामा बललाई पोस्ट भन्दा माथि प्रहार गरे । त्यसको एक मिनेट पछि नै आदिलले वान भर्सेस वानको अवसर खेरा फाले । उनको अगाडि गोलकिपर शेख मात्र थिए तर उनको प्रहार पोस्टभन्दा केही टाढाबाट बाहिरियो ।

 

खेलको ५३औं मिनेटमा नेपालका दीपक थापा मगरको हेडरले पोस्टको दिशा लिन सकेन । ७६औं मिनेटमा पाकिस्तानले खेलमा अग्रता लियो । अलि जफरले लामो दुरीबाट गरेको प्रहारले जियारथ शेखको पहुँचभन्दा टाढा टप कर्नरमा जाली चुमेको थियो । अन्त्यमा त्यही गोल जितका लागि पर्याप्त भयो । नेपालको अर्को खेल माल्दिभ्ससँग सेप्टेम्बर २५ मा हुनेछ । त्यसअघि माल्दिभ्सले सेप्टेम्बर २३ मा पाकिस्तानको सामना गर्ने छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...