महिला फुटबल टोलीले भिएतनामको सामना गर्दै
वि.सं.२०८० असोज ५ शुक्रवार ०७:२२
2.3K
shares
काठमाडौं: एसियाली खेलकुदको १९औं संस्करण अन्तर्गत उद्घाटन समारोहको अघिल्लो दिन नेपालले दुई खेलको तीन स्पर्धामा सहभागिता जनाउँदैछ ।
नेपालले आज दिउँसो १:४५ बजे (स्थानीय समय ४ बजे) महिला फुटबलमा भिएतनामको सामना गर्दैछ । समूह डी मा रहेको नेपालले यसपछि जापान र बंगलादेशसँग खेल्नेछ ।
त्यस्तै टेबल टेनिसमा पनि टिम इभेन्टको प्रारम्भिक चरणको खेल आज हुनेछ । महिलातर्फ टिम इभेन्टमा नेपालले विहान ७:४५ बजे सिंगापुरको सामना गर्दैछ । नेपालबाट महिला टोलीमा नविता श्रेष्ठ, सिक्का सुवाल र इभाना थापा छन् ।
त्यस्तै पुरुषतर्फ नेपालले विहान ९:४५ बजे जापानको सामना गर्नेछ । नेपालको पुरुष टोलीमा संयोग कपाली, विलोस श्रेष्ठ र रुविन महर्जनले प्रतिस्पर्धा गर्नेछन् । १९औं एसियाली खेलकुदको उद्घाटन शनिबार हुँदैछ । हालसम्म नेपालको पुरुष भलिबल टोली प्रतियोगिताबाट बाहिरिसकेको छ । अन्य खेलका खेलाडी भने हान्झाउ आउने क्रम जारि छ ।
वि.सं.२०८० असोज ५ शुक्रवार ०७:२२



















