नेपाली राष्ट्रिय भलिबल टोली समुह चरणबाटै बाहिरियो नेपाल
वि.सं.२०८० असोज ३ बुधवार १३:५७
4.9K
shares
काठमाडौं: चीनको हाङझाउमा जारी एसियन गेम्समा लगातार दोस्रो हार व्यहोर्दै नेपाली राष्ट्रिय भलिबल टोली समुह चरणबाट नै बाहिरिएको छ ।
चाइना टेक्सटाइल सिटी स्पोर्टस सेन्टर जिम्रेसियममा बुधबार भएको खेलमा इरानसँग ३–० को सोझो सेटमा पराजित हुँदै समुह चरणबाट नै बाहिरिएको हो । पहिलो सेट २५–९ ले गुमाएको नेपालले दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–१३ ले पराजित हुन पुग्यो ।
यसअघि मंगलबार भएको समूह ‘बी’ को पहिलो खेलमा नेपाल बहराईनसँग ३–१ को सेटमा पराजित भएको थियो । पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको नेपालले त्यसपछिका तिन सेट लगातार गुमाउँदा हार भोग्न बाध्य भयो । नेपालले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१८ तथा चौथो तथा अन्तिम सेट २५–१५ ले गुमाउँदा नेपालले पहिलो हार व्यहोरेको थियो ।
कठिन समुहमा रहेको नेपालले पाँचौं पटक एसियाडमा सहभागिता जनाएको हो । नेपालले यसअघि सन् १९७८ मा थाइल्यान्डको बैंककमा भएको ८औं एसियाडमा डेब्यु गरेको थियो । नेपालले भारतमा भएको ९औं एसियाडमा तथा १९८६ मा दक्षिण कोरियामा भएको १०औँ एसियन गेम्स खेलेको थियो ।
वि.सं.२०८० असोज ३ बुधवार १३:५७



















