YouTube Link

शिक्षा विधेयकको विरोधमा आजदेखि काठमाडौं केन्द्रित आन्दोलन

Facebook Link

 

काठमाडौं: शिक्षा विधेयको विरोधमा नेपाल शिक्षक महासंघले आजदेखि सबै सामूदायिक बिद्यालय बन्द गर्ने घोषणा गरेर काठमाडौं केन्द्रित आन्दोलन थालेको छ ।

 

शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमन लगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलन घोषणा गरेका हुन् । संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तह मातहत राख्ने व्यवस्था गरेको छ ।

 

यो व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको हो । सरकारले सोमबार नेपाल शिक्षक महासंघलाई वार्ताका लागि आह्वान गरेको थियो । तर महासंघले वार्ता अस्वीकार गरेको छ ।

 

सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव भगवान अर्यालले विज्ञप्ति जारी गर्दै महासंघले विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउँदै वार्तामा आउन आह्वान गरेको थियो । महासंघका अध्यक्ष कमला तुलाधरले ज्ञापनपत्र बुझाउँदा वास्ता नगर्ने मन्त्रालयसँग वार्ता गर्नुको औचित्य नभएको टिप्पणी गरेकी छन् ।

 

उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र मन्त्रालयका अधिकारीसँग वार्ता गरेर समस्या समाधान हुन नसक्ने जिकिर गर्दै वार्ता गर्नुपरे प्रधानमन्त्री, संसदीय दलका नेता र प्रमुख सचेतकसँग गर्ने बताइन् । उनले सका लागि प्रधानमन्त्री स्वयंले चासो देखाउनुपर्ने धारणा राखिन् ।

 

आन्दोलनको कारण देशभरका करिब ३० हजार विद्यालय ठप्प हुनेछ भने करिब ७० लाख विद्यार्थी पढ्नबाट वञ्चित हुनेछन् । महासंघले निजी विद्यालयलाई पनि बन्द आह्वान गरेको छ । देशभर करिब ७ हजारको हाराहारीमा निजी विद्यालय छन् । महासंघले घोषित १८ बुँदा संशोधन नभएसम्म देशैभरका करिब १ लाख १० हजार शिक्षकले राजधानी नछाड्ने चेतावनी दिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...