YouTube Link

नाडा अटो शोमा प्रदर्शनीको अन्तिम दिन पनि अवलोकनकर्ताको उत्साहजनक सहभागिता (फोटो फिचरसहित)

Facebook Link

 

काठमाडौं: ‘नाडा अटो शो २०२३’ को अन्तिम दिन आज भृकुटीमण्डपमा सञ्चालन भइरहेको उक्त शोमा पहिलो दिनदेखि नै अवलोकनकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको छ ।

 

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गरेको शोमा ६५ हजार नौ सयभन्दा बढी अवलोकनकर्ताले उत्साहजनक सहभागिता जनाएका छन् । निजी प्रयोजनका लागि उपयुक्त विशेष गरी चार पाङ्ग्रे सवारी, मोटरसाइकल तथा स्कुटरमा अवलोकनकर्ताको उपस्थित बाक्लो छ । प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धी सेवा सुविधा दिने वित्तीय सेवा, बिक्रीपछिका सेवा एवं इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरू छन् । त्यसमा निकै भिडभाड देख्न सकिन्छ ।

 

तस्बीरः प्रदीप कुमार श्रेष्ठ

 

विशेष गरी विद्युतीय सवारीहरूको स्टलमा निकै नै भिड देख्न सकिन्छ । पछिल्लो समय विद्युतीय सवारीमा आम मानिसका क्रेज बढ्दो नै छ । नयाँ तथा पुराना विद्युतीय सवारीको बारेमा बुझ्न चाहनेहरूको र हेर्न चाहनेहरूको निकै भिड बढी देख्न सकिन्छ । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्रान्डका नदी सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूले सहभागिता जनाएका छन् । प्रदर्शनीमा १६ वटा ब्रान्डका चार पाङ्ग्रे, २२ वटा ब्रान्डका दुई पाङग्रे, ७ वटा ब्रान्डका नाइट कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा विकेन्ट, टायर प्याटरी पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको छ ।

 

तस्बीरः प्रदीप कुमार श्रेष्ठ

 

विशाल प्रदर्शनीमा अवलोकनकर्ताहरूको सुविधालाई विशेष ध्यानमा राखी २– पाङग्रे, ४– पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरूको छुट्टा–छुट्टै प्रदर्शन राखिएको छ । शोमा १२० वटा स्टल तथा ब्लकहरू रहेका छन्  । करिब २० अर्बको कारोबार हुने अनुमान गरिएको अटो शोमा ७५ हजार अवलोकनकर्ताले भ्रमण गर्ने नाडाको अपेक्षा थियो ।

 

तस्बीरहरुः प्रदीप कुमार श्रेष्ठ

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...