Rajshow Bivag

नाडा अटो शोमा प्रदर्शनीको अन्तिम दिन पनि अवलोकनकर्ताको उत्साहजनक सहभागिता (फोटो फिचरसहित)

Departmant of helth services

 

काठमाडौं: ‘नाडा अटो शो २०२३’ को अन्तिम दिन आज भृकुटीमण्डपमा सञ्चालन भइरहेको उक्त शोमा पहिलो दिनदेखि नै अवलोकनकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको छ ।

 

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गरेको शोमा ६५ हजार नौ सयभन्दा बढी अवलोकनकर्ताले उत्साहजनक सहभागिता जनाएका छन् । निजी प्रयोजनका लागि उपयुक्त विशेष गरी चार पाङ्ग्रे सवारी, मोटरसाइकल तथा स्कुटरमा अवलोकनकर्ताको उपस्थित बाक्लो छ । प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धी सेवा सुविधा दिने वित्तीय सेवा, बिक्रीपछिका सेवा एवं इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरू छन् । त्यसमा निकै भिडभाड देख्न सकिन्छ ।

 

तस्बीरः प्रदीप कुमार श्रेष्ठ

 

विशेष गरी विद्युतीय सवारीहरूको स्टलमा निकै नै भिड देख्न सकिन्छ । पछिल्लो समय विद्युतीय सवारीमा आम मानिसका क्रेज बढ्दो नै छ । नयाँ तथा पुराना विद्युतीय सवारीको बारेमा बुझ्न चाहनेहरूको र हेर्न चाहनेहरूको निकै भिड बढी देख्न सकिन्छ । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्रान्डका नदी सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूले सहभागिता जनाएका छन् । प्रदर्शनीमा १६ वटा ब्रान्डका चार पाङ्ग्रे, २२ वटा ब्रान्डका दुई पाङग्रे, ७ वटा ब्रान्डका नाइट कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा विकेन्ट, टायर प्याटरी पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको छ ।

 

तस्बीरः प्रदीप कुमार श्रेष्ठ

 

विशाल प्रदर्शनीमा अवलोकनकर्ताहरूको सुविधालाई विशेष ध्यानमा राखी २– पाङग्रे, ४– पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरूको छुट्टा–छुट्टै प्रदर्शन राखिएको छ । शोमा १२० वटा स्टल तथा ब्लकहरू रहेका छन्  । करिब २० अर्बको कारोबार हुने अनुमान गरिएको अटो शोमा ७५ हजार अवलोकनकर्ताले भ्रमण गर्ने नाडाको अपेक्षा थियो ।

 

तस्बीरहरुः प्रदीप कुमार श्रेष्ठ

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...