YouTube Link

जी-२० शिखर सम्मेलन भारतको नयाँ दिल्लीमा आजदेखि शुरु हुँदै

Facebook Link

एजेन्सी: युरोपेली संघसहित ठूलो अर्थतन्त्र भएका १९ देशको अन्तर सरकारी मञ्च जी-२० शिखर सम्मेलन शनिबार भारतको राजधानी नयाँ दिल्लीमा शुरु हुँदैछ ।

सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन शुक्रबार नै दिल्ली पुगिसकेका छन् । बेलायती प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याँक्रोसहितका नेताहरु पनि नयाँ दिल्ली पुगेका छन् ।

यो सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने सहभागी नहुने भएका छन् । सम्मेलनमा जलवायु परिवर्तन, रुस–युक्रेन युद्ध, विश्व आर्थिक मन्दी, दिगो विकास, रोजगारी सिर्जना लगायतका विभिन्न विषयमा छलफल गर्ने तयारी छ ।

जी–२० शिखर सम्मेलनका लागि दिल्लीमा झण्डै एक महिनादेखि मञ्च निर्माण, सुरक्षा व्यवस्थापन, सरसफाइलगायत काम भइरहेका छन् । विभिन्न देशबाट आउने राष्ट्र प्रमुखको भव्य स्वागतको तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै सुरक्षा व्यवस्था कडा पारिएको छ भने पाहुनालाई भारतको मौलिक तथा साँस्कृतिक कार्यक्रम र खानपानमा सहभागी गराउने तयारी छ । दुई दिन चल्ने बैठकमा १५३ वटा छुट्टाछुट्टै बैठक तथा वार्ता हुनेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...