कृष्ण जन्माष्टमीको अवसर पारेर गुन्सीमा कृष्ण मन्दिर उद्घाटन
वि.सं.२०८० भदौ २२ शुक्रवार १०:५५
2.2K
shares
रामेछाप: रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नम्बर १ गुन्सीमा कृष्ण जन्माष्टमीको अवसर पारेर कृष्ण मन्दिर उद्घाटन गरिएको छ ।
सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ्गले मन्दिरको उद्घाटन गरेका थिए । सुनापति गाउँ पालिकाको अर्थिक सहयोगमा निर्माण सम्पन्न गरिएको उक्त मन्दिर वैदिक विधिपूर्वक पुजा गरेर उद्घाटन गरिएको सुनापति गाउँपालिका वडा नं १ का वडा अध्यक्ष एवं नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापका सह सचिव ध्रुब चौंलागाईंले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ्ग, उपाध्यक्ष गिता बिष्ट, उक्त वडाका वडा अध्यक्ष ध्रुव चौंलागाईं लगायतका बक्ताहरुले कृष्णजन्माष्टमी र मन्दिर निर्माणको महत्वका बारेमा आ-आफ्नो धारणा राखेका थिए ।

वडा अध्यक्ष चौंलागाईंको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा मन्दिरका लागि आवश्यक मूर्ति, गजुर र घन्ट खरिदका लागि आर्थिक सहयोग गर्ने सुनापति गाउँपालिका वडा नं ५ का स्थानीय बासिन्दा एवं नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापका आमन्त्रित सदस्य रमेश खड्कालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
वि.सं.२०८० भदौ २२ शुक्रवार १०:५५



















