YouTube Link

नेपाल थाईल्यान्डसँग ४७ रनले पराजित, विश्वकप खेल्ने सपना एसिया क्षेत्रिय छनोटमै समाप्त

Facebook Link

 

काठमाडौं: नेपाल आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा थाईल्यान्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको छ ।

 

योसँगै २०२४ मा हुने ग्लोबल टि-२० छनोट हुँदै विश्वकप खेल्ने नेपालको सपना एसिया क्षेत्रिय छनोटमै समाप्त भएको छ । जितको लागि १०६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रन बनाएर अल आउट भयो ।

 

नेपालको लागि कविता कुँवरले २० बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिइन् । कविता जोशी र अप्सरी बेगमले समान १० रन बनाए । अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालले ओपनर काजोल श्रेष्ठलाई तेस्रो बलमै शून्यमा गुमाएको थियो । काजोल नाट्या बुचथमको बलमा चानिदाबाट क्याच आउट भएकी थिइन् । दोस्रो ओभरमा थिपाचा पुथावोङले इन्दु र रुविना दुई प्रमुख ब्याटरलाई आउट गरेपछि नेपाल धरापमा परेको थियो ।

 

दोस्रो ओभरमा इन्दु बर्मा तीन रनमा क्याच आउट भइन् । कप्तान रुविना क्षेत्री शून्यमा एलबीडब्लू आउट भएपछि नेपाल सुरुवातमै संकटमा पुगेको थियो । पाँचौं ओभरमा फनिता मायाको बलमा सीता रानामगर एज लागेर विकेटकिपर सुवानाबाट क्याच आउट भएपछि नेपालको जितको सम्भावना लगभग सकिएको थियो ।

 

नेपालको भ्रदगोल ब्याटिङक्रमले सेमिफाइनल खेलमा पनि निरन्तरता पायो । ओपनर विन्दु रावललाई सातौं नम्बरमा खेलाएपनि उनले खाता खोल्न सकिनन् । यसअघि उनलाई नेपालले नवौं नम्बरमा समेत खेलाएको थियो । पुजा महतो ४ र अश्मिना कर्माचार्य ३ रनमा आउट भइन् ।

 

थाईल्यान्डकी ओनिचा कम्चोम्फुले ३ ओभरमा ६ रन खर्चेर ३ विकेट लिइन् । थिपाच्चा पुथावोङले ३.३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिइन् । नाट्या बुचथमले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् ।

 

 

त्यसअघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाईल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १०५ रन बनाएको थियो । थाईल्यान्डको जितमा शीर्षक्रमकी ब्याटर नानपाट खोन्चारोएनकाइले ६३ बलमा ४ चौकासहित सर्वाधिक ५९ रनको योगदान दिएकी थिइन् । तीव्र गतिकी बलर कविता कुँवरले पहिलो ओभरको चोथो बलमा ओपनर सुवानान खिआटोलाई २ रनमै क्याच आउट गराएकी थिइन् ।

 

त्यसपछि दोस्रो विकेटका लागि नानपाट खोन्चारोएनकाइ र नथाकन चान्थामले संयमित ६८ रनको साझेदारी गर्दै जितको बलियो आधार बुनेका थिए । प्रमुख ब्याटर चान्थम ४५ बलमा २ चौकासहित ३१ रनमा आउट हुन पुगेकी थिइन् ।

 

चानिदा ८ बलमा १ चौकासहित ११ रनमा नट आउट रहिन् । नेपालकी पुजा महतोले ३ ओभरमा २० रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिइन् । नेपालले खेलमा ७ बलर प्रयोग गरेको थियो । नेपालले पहिलो पटक ग्लोबल छनोट खेल्ने सपना यस पटक पनि पुरा हुन नसकी बाहिरिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...