YouTube Link

पर्यटन प्रवर्द्धनका लागि सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा सञ्चारमाध्यमको भूमिकालाई प्रभावकारी बनाउने तथा पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले पत्रकारहरुका लागि आयोजित दुई छुट्टाछ्ट्टै फोटोपत्रकारिता प्रशिक्षण सम्पन्न भएको छ ।

 

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना, जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना तथा नेपाल पोटो पत्रकार समूह, संचारिका समूहसंगको सहकार्य तथा सिटिजन्स मिडियाको प्राविधिक संयोजनमा असार १२ देखि १४ गतेसम्म महिला संचारकर्मीहरुका लागि तथा साउन २ देखि ४ गतेसम्म अन्य संचारकर्मीहरुका लागि पर्यटन फोटो पत्रकारिता प्रशिक्षण आयोजना गरिएको थियो । प्रशिक्षणमा ५५ जना महिला संचारकर्मी तथा ५०  जना पुरुष संचारकर्मीहरु गरि जना १ सय ५ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

समापनका अवसरमा प्रमाणपत्र वितरण गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा परियोजनाका राष्ट्रिय कार्यक्रम निर्देशक डा. धनन्जय रेग्मीले नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा सञ्चारमाध्यमको भूमिकालाई प्रभावकारी बनाउने तथा पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले तालिम आयोजना गरिएको बताए । देशको पर्यटनका  बारेमा  लेखिने सकारात्मक समाचारले देशकै छवि निर्माणमा सहयोग पुगने उल्लेख गर्दै उहाँले पर्यटन प्रवद्र्धनका लागि संचारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

 

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपीका) पोर्टफेलियो म्यानेजर कल्पना सरकारले युएनडिपीले समावेशीतालाई ध्यान दिंदै विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा पत्रकारहरुका लागि आयोजित यो तालिम महत्वपूर्ण भएको बताउँदै आउदा दिनमा पनि यस खालका तालीमहरुमा सहकार्य गरिने प्रतिवद्धता व्यक्त गरे ।

 

 

संचारिका समूहका अध्यक्ष  विमला तुम्खेवा, एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्त, प्रशिक्षक किशोर श्रेष्ठ, जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिवीकोपार्जन विज्ञ धर्म दवाडी, प्रशिक्षार्थीका तर्फबाट राजेन्द्र श्रेष्ठ, शुशीला बस्नेत लगायतले तालिमले पत्रकारहरुको  व्यवसायिक क्षमता अभिृवृद्धिमा सहयोग पुग्ने बताए ।

 

तालीममा वरिष्ठ फोटोपत्रकार मिनरत्न बजाचार्य, किशोर श्रेष्ठ, राजन काफ्ले तथा फोटोपत्रकार प्रदीप कुमार क्षेष्ठ, सुनिल शर्मा, शुशिल श्रेष्ठ, सुनिल शर्मा, सागर श्रेष्ठ ले क्यामेराको संचालन, फोटोको महत्व, यसका शैद्धान्तिक  तथा व्यवहारिक पक्षका विषयमा प्रशिक्षण दिएका थिए ।

 

यस्तै नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा पत्रकारिताका उपप्राध्यापक टी.पी. भुसालले नेपालको समग्र पर्यटन तथा पर्यटन फोटोग्राफिमा तथा फोटोग्राफिमा गोपनीयता लगायत अन्य कानूनी पक्षबारे प्रशिक्षण दिएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...