YouTube Link

प्रधानमन्त्री र गृहमन्त्रीलाई गगन थापाको प्रश्न: ‘कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, के हामीले एक्लै हिँड्न नमिल्ने भएको हो ?

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसका सांसद गगन थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको गहिरो अनुसन्धानको माग गरेका छन् ।

 

प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले सार्वजनिक कार्यक्रमबाट निस्कने बित्तिकै खुकुरी प्रहार भएको घटनाको सबै पक्षबारे राम्ररी अनुसन्धान हुनुपर्ने माग गरेका हुन् । कार्यक्रममा महेन्द्र यादवले के बोलेका थिए भन्ने विषयलाइ ल्याएर घटनालाई सामान्य बनाउन खोजिएको भन्दै थापाले विरोध जनाएका हुन् ।

 

‘कसैलाई मन नपर्ने कुरा बोल्दैमा सांघातिक आक्रमण गर्ने कुरालाई जायज ठहर्‍याउन सक्छ ?’ कांग्रेस महामन्त्रीसमेत रहेका थापाले भने । उनले काठमाडौंमा एक्लै हिँड्न मिल्ने नमिल्नेबारे गृहमन्त्रीलाइ प्रश्न समेत गरे । ‘कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, के हामीले एक्लै हिँड्न नमिल्ने भएको हो ?,’ उनले भने, ‘काठमाडौंमा संविधानसभाको सदस्य भएको व्यक्ति सार्वजनिक कार्यक्रममा सहभागी भएर आउँदै गर्दा उ सुरक्षित छैन भने प्रधानमन्त्री र गृहमन्त्रीलाई यो विषयले पोल्नु पर्छ कि पर्दैन ?’

 

थापाले समाजको असन्तुष्टिलाई देखाएर समाजमा हिंसालाई प्रोत्साहन गर्ने अभिव्यक्ति, घटना वा हिसांत्मक गतिविधिहरूलाई कुनै न कुनै तरिकाले प्रश्रय दिन नहुने बताए । उनले असन्तुष्टीलाई सम्झाएर भन्दा असन्तुष्टलाई भजाएर अराजकता मच्चाउने पहलकदमी भइरहेको छनक देखिएको बताए । विभिन्न कार्यक्रमहरूमा प्रधानमन्त्री र गृहमन्त्रीले ठूला ठूला भाषण मात्रै गरेर नहुने थापाको भनाइ छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...