YouTube Link

‘कञ्चनपुरदेखि कञ्चनजंघा’ कवितामय फन्को देशको लोकार्पण

World Cup 2026
Facebook Link

 

काठमाडौं: घुमफिरका अनुभूतिहरूलाई कवितामा ढाल्दै आएका पर्यटनविद् हिक्मत सिंह ऐरको मुलुक चिनाउने कविता संग्रह ‘कञ्चनपुरदेखि कञ्चनजंघा’ कवितामय फन्को देशको लोकार्पण गरिएको छ ।

 

नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री एनपी साउदले आज कवि ऐरको उक्त पुस्तक लोकार्पण गरेका हुन् । पर्यटन क्षेत्रमा दुई दशकभन्दा बढी समय काम गर्दा सुदूरपश्चिमको तराई कन्चनपुरदेखि पूर्व हिमालको कञ्चनजंघा बेस क्याम्पसम्म पुग्दाका अनुभव र अनुभूतिलाई कवितामय वर्णन कवि ऐरले यस कविता संग्रहमा गरेका छन् । यस सङ्ग्रहमा कविका मनका रहरहरु, भोगाइ र यस देश र समाजप्रति समर्पित केही भावहरु पनि विभिन्न कविताहरु मार्फत प्रस्तुत गरिएको छ ।

 

 

कविता संग्रहको लोकार्पण गर्दै परराष्ट्र मन्त्री एनपी साउदले कवितामा मूलभूत रुपमा राष्ट्रियता, प्रकृतिप्रम र देशको पर्यटनको सम्भावनाका विषय समेटिएकोले कविता संग्रह नेपालको समग्र पर्यटन बुझ्ने आखिँझ्याल रहेको टिप्पणी गरे ।

 

कृतिको समीक्षा कार्यक्रममा वरिष्ठ साहित्यकार, पूर्व प्रशासक एवं पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले कविता संग्रह सिंगो नेपालको उज्यालो प्रतिविम्ब भएको उल्लेख गर्दै भूस्वर्गका रुपमा रहेको नेपालको आन्तरिक पर्यटन प्रर्वद्धनमा कविता संग्रह सहयोगि बन्ने बताए ।

 

कविता संग्रहका विषयमा  टिप्पणी गर्दै साहित्यकार चेतनाथ कंडेल, संस्कृतिविद् प्राज्ञ  यज्ञराज उपाध्याय, पत्रकार अमृत भादगाउँले, डा. नवल त्रिपाठी लगायतले कविता संग्रहले पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए । यस्तै टिप्पणीकारहरूले यो पुस्तक नेपाल जान्न चाहने, देश चिन्न खोज्ने समेतलाई उपयोगी हुने विश्वास वयक्त गरे । सरल अनि कलात्मक भाषामा लेखिएका ५२ वटा कवितासँग सम्बन्धित ठाउँका रङ्गीन तस्बिरहरू पनि कविता संग्रहमा राखिएका छन् ।

 

 

बुक्स हिमालयले प्रकाशन गरेको यस पुस्तकमा सातै प्रदेशका हिमाल, पहाडतराई, चुरेभावरका जङ्गल, नदीनाला, संस्कृति र सम्पदाले भरिपूर्ण अलौकिक देवभूमिका मठमन्दिर, गुम्बा, पैत्य, मौलिक खानपिन, रहनसहन एवं अन्य विशेषताले भरिपूर्ण गन्तव्यहरूमा बटुलिएका अनुभव र अनुभूतिलाई कवितामा वर्णन गरिएको छ ।  २३ वर्ष देखि नेपाल पर्यटन बोर्डमा कार्यरत कवि हिक्मत सिंह ऐर नेपाल पर्यटन बोर्डका बरिष्ठ निर्देशक समेत हुन ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...