YouTube Link

विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज बहराइनसँग खेल्दै

Facebook Link

 

काठमाडौं: आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा आज नेपालले बहराइनसँग खेल्दैछ । नेपाल लगातार दोस्रो जित हात पार्न चाहन्छ । पहिलो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गरेको थियो ।

 

नेपालले मलेसियाविरुद्ध सुरुवाती तीन बलमा तीन विकेट गुमाएको अवस्थामा सीता रानामगरले जिम्मेवारी ३८ रनको इनिङ खेल्दै जितको आधार बनाएकी थिइन् । सीता, इन्दु बर्मा र रुविना क्षेत्री नेपालका प्रमुख ब्याटर हुन् । यी तीन खेलाडीले जिम्मेवारी प्रदर्शन गर्न आवश्यक छ ।

 

नेपालले ओपनर काजोल श्रेष्ठको स्थानमा रुवि पोदारलाई डेब्यू दिनसक्छ । काजोलले लगातार कमजोर प्रदर्शन गर्दै आएकी छिन् । पुजा महतोको स्थानमा विन्दु रावललाई खेलाउन सक्छ । अश्मिना कर्माचार्य र कविता कुँवर नेपालका प्रमुख बलर हुन् । यी दुई बलरबाट नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ । स्पिनर खुशी डंगोलले पनि राम्रो प्रभाव छाड्दै आएकी छिन् ।

 

नेपालले गत जनुमा बहराइनलाई ८ विकेटले हराएको थियो । वर्षाको कारण प्रभावित खेलमा बहराइनले ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनाएको थियो । उक्त लक्ष्य नेपालले ३.४ ओभरमै पूरा गरेको थियो । तुलनात्मक रुपमा कमजोर बहराइनमाथि सहज जितको आशा गरिएको छ ।

 

नेपालले आइतबार भुटान, मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...