YouTube Link

किरात प्रदेश किन ?

World Cup 2026
Facebook Link
vision

पहिचानसहितको सङ्घीयताको पृष्ठभूमि:

जातीय पहिचानसहितको सङ्घीयतामा सबैलाई स्वशासनको अधिकारको व्यवस्था हुन्छ, यसैले यो जातीय राज्य होइन । राज्यका सबै अङ्गहरुमा समावेशी र समानुपातिक प्रतिनिधित्वि भएकोले यो जातीय राज्य होइन । जातीय, भाषिक तथा क्षेत्रीय द्वन्द्वका कारण देशलाई विभाजन हुनबाट जातीय र भाषिक पहिचानसहितको सङ्घीयताले बचाएका धेरै उदाहरण छन् । बरु पहिचानलाई नस्वीकार्दा देशहरु टुक्रिएका छन् । नेपालभन्दा पनि धेरै साना देशहरु अस्ट्रिया, स्वीजरल्यान्ड, बेल्जियम, युनाईटेड अरब इमिरेट्समा पनि सङ्घीय व्यवस्था छ । दुई वा दुईभन्दा बढी जातजाति, भाषाभाषी र संस्कृति तथा क्षेत्र, भूगोलको पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुलाई बहुपहिचान भनिएको छ । नेपाल जस्तो बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र विविध भौगोलिक बनावट भएको देशमा हुन सक्ने सम्भावित द्वन्द्वलाई सम्बोधन तथा व्यवस्थापन गर्न, राजनीतिक तथा सामाजिक सन्तुलन कायम गर्न र समतामूलक समाज निर्माणका लागि सङ्घीयता अति उत्तम व्यवस्था हो । उत्तम व्यवस्थाको पहिचान शुन्दर पक्ष हो ।

 

कुनै प्रदेश वा सङ्घीय एकाइको नामकरण उत्पीडित जाति (राष्ट्र) को ऐतिहासिक सभ्यता, भाषिक, संस्कृति, ऐतिहासिक पृष्ठभूमि, पुख्र्यौली थातथलोको पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुलाई नै पहिचान हो । किरात प्रदेश किन भन्ने शन्र्दभमा ऐतिहासिक, सभ्यता, भूगोल र संस्कृतिको आधारमा पहिचानको केही महत्वपूर्ण पक्षहरु राखेको छौ ।

 

‘ईसापूर्व ५०० देखि इस्वी सन् ४०० सम्म, जब महाभारत र रामायण जस्ता ग्रन्थहरुले आकार लिदैं थिए, विशेष गरी ईसापूर्वका शताब्दीहरुमा, तिनिहरु हिमालयको दक्षिणी भूभाग र सम्पूर्ण उत्तर पूर्वी भारत, नेपालसँग जोडिएका उत्तर बिहार, गंगाको उत्तर, बंगालको ठूलो भूभाग र आसाम (जुन पद्मा वा पड्दा (नदी हुँदै समुन्द्रमा मिसिन्छ ) ती खासगरी पूर्वी नेपाल र लौहित्य वा ब्रम्हपुत्र उपत्यकासँग जोडिएका थिए ।’ (सुनितिकुमार चटर्जी (किरात जनकीर्ति १९९८:३६–३७) ।)

 

‘गङ्गाजीको मुहानदेखि, हिमालयको समथर भागका छिमेकी मुलुकको सिमानासम्मका सबै किराँतीहरु भए । पछि किराँतीहरु पूर्वी नेपालको पहाडी भागमा मात्र सिमित हुन पुगे ।’ (फ्रान्सेली विद्वान सिल्भाँ लेभी ‘नेपाल हिन्दू अधिराज्यको इतिहास (जुन २००८:८२) ।)

 

कैरातिका कुमारिक सका खनती भेषजम् हिरण्यमयी भिरभ्रिभिगिरीणामुपसानुष ।।–अथर्ववेद, १०।४।१४ अर्थः– एउटी कुमारी किरात तरुनी सुनले बनेको खुर्पाले ठूल–ठूला पर्वतका साना–साना टाकुाहरुमा जडीबुटी–औषधी खनिराखेकि छिन् । (डा.स्वामी प्रपन्नाचार्य, प्राचीन किरात इतिहास, किरातेश्वर प्रकाशन, वाराणसी, २०५१, पृष्ठ ९, १०, ५५)

 

किरात’ शब्द स्पष्ट रुपमा ‘किरातार्जुन संवाद’ (हिन्दू धार्मिक पुस्तक) मा पनि देखापरेको छ । यो संवादमा महाभारत युद्ध अगावैका घटनाहरु अर्थात सो युद्धको पूर्वतयारी बारे चर्चा चलेको छ । यस अगाडि र पछाडि लेखिएका संस्कृत ग्रन्थहरुमा ‘किरात’लाई इङ्गित गर्ने संज्ञाहरु–मरुत, तृत्सव, कपर्दि, घोर–अघोर, दास, दस्यु (डाँकु), यक्ष(मदनयत), शाक, शकैमर्दी, सूष, श्यन, शुषन, मेष, कोशी, कौशिक, दैत्य, नाग, नागा, राक्षस, दानव, कुंभण्ड, कारौती, बाँदर, भालू, वंगृद्ध आदि इत्यादि छन् । पछि–पछि देव, महादेव, रुद्र, रुद्राशा, शोम, भोलानाथ, पशुपतिनाथ संज्ञामा पनि यिनै किरातलाई मानिन्छ ।  (सम्पादक मण्डल, नेपालका जनजातिको धर्म, संस्कार, किरात धर्म तथा साहित्य उत्थान संघ, काठमाडौं उपत्यका शाखा, पृष्ठ १९, २०, । यो शब्दावली दुर्गाहाङ याखा राईको पुस्तक ‘ब्राहमणवादविरुद्ध जनजाति ‘उत्पीडित वर्ग’ बाट लिइएको हो ।)

 

‘सिन्धु र पञ्जाब सभ्यतालाई लिएर मोहनजोदडो, हडेप्पा, कांगडा आदि क्षेत्रको सभ्यतालाई प्राचीन मरुत–किरात सभ्यता हो ।’ राहुल सांकृत्यायनको पुस्तक ‘ऋग्वेदिक आर्य’ सन १९६५ मा प्रकाशित जेन्रीक्स बुक्सबाट ।

 

किरात शब्दको उत्पत्ति किरात मुन्धुमी शब्दबाट भएको भन्ने पनि भनाई छ । मुन्धुमी भाषामा हिमाली श्रृङ्खलालाई ‘काईलासो’ भनिन्थो, जो पवित्रको प्रतिकको रुपमा स्वीकार गरिएको थियो । काइलासो नै पछि काइलासी, काईलाति, कैराती हुँदै किरात भएको मान्न सकिन्छ ।  (लिम्बुवानको ऐतिहासिक पष्ठभूमि, जातीय स्वायत्तता र आत्मनिर्णयको सवाल, राजनीतिक प्रतिवेदन–२०५९, पृष्ठः २, प्रकाशकः किरात राष्ट्रिय मोर्चा लिम्बुवान क्षेत्रीय सङ्गठन समिति)

 

महाभारतको सभापर्व (१४।२०) मा बङ्ग, पुण्ड्र किरातेषु राजा बलसमन्वितः पौण्ड्र वासुदेवेत्ति योऽसौ लोकेऽविमिश्रुतः अर्थात् किरात राजा बलीको अधीनतामा बङ्ग, पुण्ड्र जस्ता मगध देश रहेको देखिन्छ । पूर्वी नेपालको धेरै जसो भाग बङ्ग (बङ्गाल), पुण्ड्र (पूर्णिया) र विराटनगर (मत्स्य देश) अन्तर्गत पर्दथे । राजा विराटलाई किरात राजा मानिन्छ । त्यसैले विराट राज्यलाई पनि किरात देश भनिन्थ्यो । (कौशल चेम्जोङ, जनआस्था डटकममा साउन ४, २०७९ मा प्रकाशित आलेख “ऐतिहासिक र पुरातात्विक प्रमाण भन्छ–एक नम्बर प्रदेशको नाम किरात प्रदेश” )

 

‘म गौरवसाथ भन्छु, म बाहुन हुँ जातले तर म किरात प्रदेशमा जन्मिएकोले सभ्यताले किरात हुँ , जातले बाहुन हुँ । मलाई यो भन्न लाज छैन । सभ्यताले एउटा लिम्बू किराती हो, जातले ऊ जनजाति वा लिम्बू हो । ऊ किराती लिम्बू हो, म बाहुन किराती हुँ ।’  (प्रा.डा. युवाज संग्रौला, पूर्वन्यायधिवक्ता सगरमाथा टेलिभिजनको कार्यक्रम एसटीभी च्याटमा जीवराम भण्डारीसँगको अन्तर्वार्ता, २८ अप्रिल २०१७)

 

तत्कालिन बाइसे राज्य जसलाई खसान क्षेत्र भनिन्थ्यो, त्यसैगरी वर्तमान गण्डक प्रदेश जसलाई चौविसे राज्यको रुपमा चिनिन्थ्यो, उपत्यकालाई मल्ल राज्य भनेर चिनिन्थ्यो । यसैगरि काभ्रेको साँगादेखि पूर्वको भूगोललाई किरात भूगोल भनेर चिनिन्थ्यो । (सन् २०१४ को एभरेष्ट एटलस मानचित्र)

 

किरात एउटा सभ्यता भएकै कारणले वि.सं.२०१७ साल अगाडिसम्म यो सभ्यतालाई निरन्तरता दिइएको थियो । जस्तो कुनै कार्यलय वा आपसी लेनदेनको कारोवार गर्नु पर्यो भने पेटबोलीमा लिखितम् वोल्लो, पल्लो, माझ किरात भनेर सम्बोधन गरिन्थ्यो । यसो हुनु भनेको सभ्यताप्रतिको सम्मान हो । जो वि.सं. २०१९ सालपछिको भूमि सुधार ऐनले समाप्त पारिदियो । भूमि सुधार ऐन २०१९, नेपाल कानून आयोग साईट ।

 

‘पूर्वी हिमालय क्षेत्रमा बसोबास गर्नै किराती’ (चटर्जी)१ को विम्बमा पर्नेहरुले बोल्ने भाषालाई पनि आमरुपमा किराती भाषा (किरन्ती ल्यांगवेजस्) भनेर परिभाषित गरिएको छ । (तुम्बाहाङ)२का अनुसार भाषिकरुपले हायु, सुनुवार, राई,याक्खा र लिम्बूहरु किरात भाषी अन्तर्गतको समूहमा रहेको छ । जनकऋषी राईको एभेरेष्टखबर डटकममा २०१८ अगस्ट १ मा प्रकाशित “किरात प्रदेश नै किन ?” शिर्षक लेखबाट ।

 

ऐतिहासिक, सभ्यता, भूगोल र संस्कृतिको आधारमा मानव समाजले उत्पादनको लागि गरिने सवैखाले सम्वन्धको  निरन्तर प्रक्रियाबाट नै सभ्यताको विकास भएको पाइन्छ । विश्वमा मेसोपोटामिया, सिन्धु घाटी, नाइल नदी, ह्वाङ्हो नदी, ग्रीक, रोमन, एज्टेक, मायान, इन्कास आदि मुख्य सभ्यताहरु छन । त्यस्तै नेपालको एक प्रमुख सभ्यता किरात सभ्यता हो, किरात आफैमा एउटा स्थापित प्राचीन सभ्यता हो ।

 

ऐतिहासिक, सभ्यता, भूगोल र संस्कृतिको आधारमा मानव समाजले उत्पादनको लागि गरिने सवैखाले सम्वन्धको  निरन्तर प्रक्रियाबाट नै सभ्यताको विकास भएको पाइन्छ । विश्वमा मेसोपोटामिया, सिन्धु घाटी, नाइल नदी, ह्वाङ्हो नदी, ग्रीक, रोमन, एज्टेक, मायान, इन्कास आदि मुख्य सभ्यताहरु छन । त्यस्तै नेपालको एक प्रमुख सभ्यता किरात सभ्यता हो, किरात आफैमा एउटा स्थापित प्राचीन सभ्यता हो । मार्क्सवादी दृष्टिकोणले पनि मानव इतिहासको शास्वत पक्षलाई आत्मसात गर्दछ । सभ्यताको विकास र विस्तारलाई स्वीकार गर्दछ । निश्चित सामाजिक वर्ग, संरचना वा सत्ताको श्रृंखलाद्वारा अथवा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी प्रक्रियावाट विकास हुने सार्वभौम प्रक्रियालाई आत्मसात गर्दछ । सभ्यताको न्यायिक र गैरन्यायिक अनि प्रगतिशील र गैर–प्रगतिशील वर्ग चरित्रवारे वकालत गर्दछ । ऐतिहासिक ग्रन्थहरुको आधारमा किरात एउटा भूगोल हो, संस्कृति र सभ्यता हो भन्ने सत्य कुरालाई स्वीकार्न सक्नु पर्छ । यो तथ्यलाई धेरै अध्ययनले प्रमाणित गरेको छ । स्वदेशी तथा विदेशी सबै खाले इतिहासकार, अन्वेषक र अध्येताहरु यो कुरासँग सहमत छन् । महाभारतर रामायण जस्तो स्मृतिग्रन्थको आधारमा किरात एउटा भूगोल हो । वेदका ऋचाहरु हुन् वा पुराणका पानाहरु ‘किरात’ नामलाई कुनै न कुनै रुपले स्वीकार या व्याख्या गरिएको छ । । भाषा पनि हजारौं वर्षदेखिको अभ्यास हो । कोही कसैले भाषा बनाउँछु भनेर बन्दैन । यही भाषिक आधारमा पनि ‘किरात’ नाम जोडिएर आएको कुरा इतिहासले देखाएको छ ।

 

पहिचानसहितको सङ्घीयताको पृष्ठभुमीको सबै तथ्य र प्रमाणहरुले ऐतिहासिक, सभ्यता, भूगोल र संस्कृतिको आधारमा हालका कोशी प्रदेशलाई किरात प्रदेश पुनःनामकरण गर्नुपर्ने आवश्यक छ ।

 

खोलानाला, पहाड, पर्वत हाम्रा अमूल्य निधि हुन् तर पहिचान तिनलाई होइन, जनतालाई चाहिएको छ । शुरुमा खम्बुवान स्वायत्तता माग राख्दै आएको गोपाल खम्बू वि.सं. २०४९ साल मा गठन गरेको थियो ।  वि.सं. २०५८ सालभन्दा अगाडि दुई बेग्लै संगठन खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको महान जनयुद्धमा थिए ।

 

पहिचानको राजनीतिक ईतिहास:

मुलुकमा पहिचानको आन्दोलन लामो समयदेखि जारी छ, पहिचानले यहाँको ठूलो जनसंख्यालाई आत्मसम्मानको अवसर दिन्छ । खोलानाला, पहाड, पर्वत हाम्रा अमूल्य निधि हुन् तर पहिचान तिनलाई होइन, जनतालाई चाहिएको छ । शुरुमा खम्बुवान स्वायत्तता माग राख्दै आएको गोपाल खम्बू वि.सं. २०४९ साल मा गठन गरेको थियो ।  वि.सं. २०५८ सालभन्दा अगाडि दुई बेग्लै संगठन खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको महान जनयुद्धमा थिए । ती फरक दुई संगठनको एकीकरणपछि साझा नाम ‘किरात राष्ट्रिय मोर्चा’ राखिएको थियो । किरात र लिम्बूवानको विवाद जतातौ डढेलो झैं सल्कीएको अवस्थामा राजनितिक रुपमा खम्बूवान मूक्ति मोर्चा (खरामो) र लिम्बूवान राष्ट्रिय मूक्ति मोर्चा (लिरामो)ले समेत किरातलाई एकताको आधार मानेको किरात प्रदेश नामाकरण विषयान्तर हुन खोजेको आशंका गर्दै खवदारी स्वरुप विगतमा राम्रो भूमिका खेलेको पाईन्छ । अहिले पनि सामाजिक सन्जालमा केही मतभेद भए पनि भित्री रुपमा किरात प्रदेशमा सहमत हुन सक्ने आन्दोरत नेताहरुको आशय रहेको देखिन्छ ।

 

पहिचानको आन्दोलनमा बलिदानको ईतिहास:

नेपाल संविधानमा संघियतामा जादा पहिचानको पाच र सामार्थ्यको चार आधारमा शासकीय स्वरुप निर्धारण गरेको छ । पहिचानको पाच आधारहरु:-

१. जातीय र समुदायगत बाहुल्यता

२. भाषिक बाहुल्यता

३. सास्कृतिक बाहुल्यता

४. भौगोलिक र क्षेत्रगत निरन्तरता

५. ऐतिहासिक थाकथलो यी पाच आधारम्मा नेपालको संविधानले प्रदान गरेको अधिकारका आधारमा १ न प्रदेश हाल कोशी प्रदेशलाई किरात प्रदेश हुनुपर्छ भनेर लामो समयदेखि पहिचानवादीहरु आन्दोलनमा छन ।

 

माओवाद र पहिचानको एक धरोहर नेता गोपाल किरातीले लेखेको किताव (किरात गणराज्य इतिहास र जारी आन्दोलन, पृष्ठः२८) अनुसार किरात प्रदेश निर्माणको लागि महान जनयुद्धमा सहादत प्राप्त गर्नु हुने जसोदा कन्दङ्वा एक हुन । सन् २००४ जनवरी ३० मा सङ्गठितरुपमा किरात जनसरकारको स्थापना गर्न घोषित २५ सदस्यीय किरात जनसरकार पदाधिकारीमध्ये जसोदा कन्दङ्वालाई सदस्य हुनुहुन्थ्यो । त्यस्तेगरी पछिल्लो समयमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर रुपमाकोशी प्रदेश नाम खारेजीको माग गर्दै भएको आन्दोलनको क्रममा घाइते भइ मृत्यु (०७९ चैत्र) भएका पदमकुमार लिम्बु (लाजेहाङ)लाई नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९।१२।२४ को बैठकबाट सहिद घोषणा गरीको हो । अन्य थुप्रै सयौको संख्यामा योद्धाहरु घाईते रहेको छ्न ।

 

प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति नाम दिएर संयुक्त आन्दोलन गरिरहेको छ ।  त्यहाँ साना पार्टीहरु, विभिन्न जातीय, धार्मिक र सामाजिक सङ्घसंस्थाहरू आन्दोलनको अग्रपङ्क्तिमा रहेको छ ।  एकतिर बहुसङ्ख्यक मतदाताको मनस्थिति आन्दोलनमा रहेको छ अर्कोतिर आन्दोलनको अग्रपङ्क्तिमा ठूला दलका नेताहरू नदेखिए पनि उनीहरूका कार्यकर्ताहरू भने आन्दोलनमा लागेका छन् ।

 

पहिचानको आन्दोलन कसले चलाइरहेको छ:

प्रदेशसभाले ०७९ फागुन १७ गते दुईतिहाइ बहुमतले नाम कोशी राख्ने प्रस्ताव पारित गरेको थियो । प्रस्तावमा सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र प्रतिपक्षी नेपाली कांग्रेसका सहित ८२ जना प्रदेशसभा सदस्यले सहमति जनाएका थिए । उक्त प्रदेशमा कुल ९३ सदस्य छन् । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने कोशी प्रदेशको पक्षमा मत दिएका थिएनन् । त्यसपछी ठूला दलबिनाको आन्दोलन भएको थियो । प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति नाम दिएर संयुक्त आन्दोलन गरिरहेको छ ।  त्यहाँ साना पार्टीहरु, विभिन्न जातीय, धार्मिक र सामाजिक सङ्घसंस्थाहरू आन्दोलनको अग्रपङ्क्तिमा रहेको छ ।  एकतिर बहुसङ्ख्यक मतदाताको मनस्थिति आन्दोलनमा रहेको छ अर्कोतिर आन्दोलनको अग्रपङ्क्तिमा ठूला दलका नेताहरू नदेखिए पनि उनीहरूका कार्यकर्ताहरू भने आन्दोलनमा लागेका छन् । कोशी प्रदेशका बिरुद्धमा निरन्तर रुपमा कोणसभा, सङ्घर्ष समिति गठन र तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा रोप्ने, पहिचान बिरुद्धको संसद र प्रदेशसभा सदस्यहरुर्ला जिल्ला निषेध लगायतका कामहरु पछिल्लो दिनहरुमा गरिदै आईरहेको छन । आन्दोलनको एक नेता भन्छन “हाम्रो यो आन्दोलन कसैद्वारा उचालिएको होइन स्वतःस्फूर्त हो ।”

 

अब समाधानको बाटो:

पुनःनामाङ्कनको माग राखी पहिचानवादीहरुको आन्दोलनमा राज्य पक्षले दमनको नीति लिएको छ भने आन्दोलनकारीहरु पछि हट्ने स्थितिमा देखिदैन । नामकरण विवाद समाधानका लागि आन्दोलनकारीहरू पनि पुनः वार्तामा बस्ने र त्यसैबाट समाधान निस्किनेमा नभए फेरी आन्दोलन गर्ने मनस्थितिमा देखिन्छन भने सरकार र ठूला दलहरूले वार्तामा जोड दिएका छन । जुन संविधान र कानुन टेकेर यो नामकरण गरियो, त्यसलाई भत्काएर नाम फेर्न गाह्रो हुने एमालेको बुझाई छ । किरात शब्द एकल जातीय पहिचान नभएर, यो शब्द एक ऐतिहासिक, साँस्कृतिक, भौगोलिक विषेशता सहितको एक प्राचिन मानव सभ्यता हो । इतिहास समकालीन समाजको ऐना हो, सभ्यता यसको आधारशिला वा जग हो । इतिहास, सभ्यता, भूगोल, जनसंख्या, स्थापित सँस्कृति, परम्परा र साझा मनोविज्ञानलाई समेट्ने माध्यम नै किरात हो । इतिहास र सभ्यतालाई आधार मान्दा किरात नामाङ्कन गर्नु वैज्ञानिक र वस्तुवादी हुन्छ, त्यसकारण किरात प्रदेश राखिनु पदर्छ । ईतिहास, सभ्यता, भुगोल, भाषा, संस्कार–संस्कृतिको आधारमा टेकेर प्राचिन किरात सभ्यताको सम्मान, रक्षा र आदर गर्दै किरात प्रदेश बनाउनुपर्ने आवश्यकता छ । विचारधारात्मक राजनैतिक स्पष्टताको अभाव खट्किएको छ । किरात, लिम्वुवान र खम्वुवान बिचमा मतमतान्तर छ । यसलाई समाधान गर्दै आन्दोलनलाई शश्लेषण र बिश्लेषण गरी किरात प्रदेशको लागी भावी आन्दोलन ’बिग पुस’को लागी पहिचान पक्षधर तयार हुनुपर्ने देखिन्छ ।

 

अन्य श्रोत तथा संदर्भ श्रोत:

प्रा.डा. युवाज संग्रौला, पूर्वन्यायधिवक्ता सगरमाथा टेलिभिजनको कार्यक्रम एसटीभी च्याटमा जीवराम भण्डारीसँगको अन्तर्वार्ता, २८ अप्रिल २०१७ ।

कौशल चेम्जोङ, जनआस्था डटकममा साउन ४, २०७९ मा प्रकाशित आलेख “ऐतिहासिक र पुरातात्विक प्रमाण भन्छ–एक नम्बर प्रदेशको नाम किरात प्रदेश” ।

लिम्बुवानको ऐतिहासिक पष्ठभूमि, जातीय स्वायत्तता र आत्मनिर्णयको सवाल, राजनीतिक प्रतिवेदन–२०५९, पृष्ठः २, प्रकाशकः किरात राष्ट्रिय मोर्चा लिम्बुवान क्षेत्रीय सङ्गठन समिति ।

भूमि सुधार ऐन २०१९, नेपाल कानून आयोग साईट

राहुल सांकृत्यायनको पुस्तक ‘ऋग्वेदिक आर्य’ सन १९६५ मा प्रकाशित जेन्रीक्स बुक्सबाट ।

सन् २०१४ को एभरेष्ट एटलस मानचित्र ।

स. मण्डल, नेपालका जनजातिको धर्म, संस्कार, किरात धर्म तथा साहित्य उत्थान संघ, काठमाडौं उपत्यका शाखा, पृष्ठ १९, २०, । यो शब्दावली दुर्गाहाङ याखा राईको पुस्तक ‘ब्राहमणवादविरुद्ध जनजाति ‘उत्पीडित वर्ग’ बाट लिईएको हो ।

फ्रान्सेली विद्वान सिल्भाँ लेभी ‘नेपाल हिन्दू अधिराज्यको इतिहास (जुन २००८:८२) ।

जातीय राज्य र जातीय पहिचान भनेको के हो ? मुन्धुमस्टार डटकम प्रकाशित मिति: २५ चैत्र २०७५, सोमबार ११:४० ।

जनकऋषी राईको एभेरेष्टखबर डटकममा २०१८ अगस्ट १ मा प्रकाशित “किरात प्रदेश नै किन ?” शिर्षक लेखबाट ।

सुनितिकुमार चटर्जी (किरात जनकीर्ति १९९८:३६–३७) ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...