Texas College
YouTube Link

भारतसँग एसिया कप खेल्न श्रीलंका पुग्यो नेपाली क्रिकेट टोली

Facebook Link

 

काठमाडौं: भारतसँग एसिया कप खेल्न नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ । एसिया कपमा बुधबार पाकिस्तानविरुद्ध खेलेको नेपाली टोली श्रीलंका पुगेको हो ।

 

नेपालले समूहको दोस्रो खेलमा भारतसँग भदौ १८ गते खेल्नेछ । भारत र पाकिस्तानबीच आन्तरिक द्वन्द्वका कारण आईसीसीले पाकिस्तान र श्रीलंकामा एसिया कपको आयोजना गरेको हो ।

 

भारत एसिया कप खेल्न पाकिस्तान नआउने भएपछि आईसीसीले श्रीलंकामा भारत र नेपालबीचको खेल राखेको हो । भारत र पाकिस्तानले पनि श्रीलंकामै खेल्नेछन् ।

 

एसिया कपको उद्घाटन खेलमा नेपाल, आयोजक पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले १०४ रन बनाएर अलआउट भएको थियो ।

 

एकदिवसीय विश्वकप अघि एसियाका टोलीलाई तयारीका लागि एसियाली क्रिकेट काउन्सिल (एसीसी) एसिया कप आयोजना गर्दै आएको छ ।

 

सन् १९८४ बाट सुरु भएको एसिया कपमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पाँच पूर्ण सदस्य र छनोटबाट आएको एक टोलीले प्रतिस्पर्धा गर्दै आएका छन् ।

 

सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा भारत, पाकिस्तान र नेपाल छन् । यस्तै समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छ ।

 

सुपर चारबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । एसिया कपको सर्वाधिक सफल टोली भारत हो । १६ संस्करणमध्ये भारतले आठ पटक उपाधि जितेको छ । यस्तै श्रीलंकाले ६ र पाकिस्तानले दुई पटक एसिया कपको उपाधि चुमेको छ ।

 

गत मे मा घरेलु भूमिमा भएको एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गर्दै नेपालले एसिया कपको टिकट काटेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

वि.सं.२०८३ वैशाख १४ सोमवार १४:५५

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी...