Rajshow Bivag

नेपालको विजयी सुरुआत, मलेसिया पाँच रनले पराजित

Departmant of helth services

 

काठमाडौं: आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई नेपालले ५ रनले पराजित गरेको छ । क्लालाम्पुरस्थित बायमास ओभलमा नेपालमाथि ८५ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रनमात्र बनाउन सक्यो ।

 

मलेसियाका लागि कप्तान जुलिया वान रोस्लीले  सर्वाधिक २८ रनको योगदान गरिन् । त्यस्तै एइना हमिजाले १४ रन बनाइन् । नेपालका कविता कुँवर र कविता जोशीले समान २-२ विकेट  लिए । रुविना क्षेत्री र अस्मिना कर्मचार्यले समान १-१ विकेट लिए ।

 

त्यसअघि टस हारेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको थियो ।  नेपालका लागि सिता रानामगरले सर्वाधिक ३८ रन बनाइन् । उनले ५४ बलको सामना गर्दै एक चौकाको मद्दतमा नटआउट रहिन् ।  कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउँदा अप्सरी बेगमको नाममा १७ रनको योगना रह्यो ।

 

नेपालले २४ रन बनाउँदा ५ विकेट गुमाएको थियो । छैठौं विकेटका लागि सिता र रुबिनाले ५१ रनको साझेदारी गर्दै नेपाललाई मध्यम अवस्थामा पुर्‍याए । नेपालको ७५ रन हुँदा कप्तान रुबिनालाई गुमायो । नेपालका ३ खेलाडी शून्यमा आउट भए ।

 

मलेसियाकी अइना हमिजले २ तथा इजाती इस्माली र निक नुरले समान १-१ विकेट लिए ।  नेपालले आफ्नो दोस्रो खेलमा भोलि बहराइनसँग खेल्ने छ ।

 

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टि-२० क्वालिफायर खेल्न पाउनेछन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:१९

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिने...

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:०६

  एजेन्सीः म्यानचेस्टर सिटीले लगातार चौथो वर्ष इङ्लिस प्रिमियर लिगको...

बिहानैदेखि देशका केहि भू-भागमा हावाहुरीसहित पानी पर्दै, आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

बिहानैदेखि देशका केहि भू-भागमा हावाहुरीसहित पानी पर्दै, आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:५१

  काठमाडौं: नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव...

हेर्नुहोस् आज २०८१ जेठ ७ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ७ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ७ सोमवार ०५:५९

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

ष्याँदर पिदारको शुभ-कामना आदानप्रदान अन्तर्क्रिया कार्यक्रम सम्पन्न

ष्याँदर पिदारको शुभ-कामना आदानप्रदान अन्तर्क्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ जेठ ६ आइतवार २२:४८

  काठमाडौं: 'पहिचान र समानताको लागि प्रतिवद्धता' भन्ने मुल नाराका...

जसरी सहकारीका विषयहरु उठिरहेका छन् ती सहकारीको विषयमा अदालतमा कहीँकतै मुद्दा छैन: गृहमन्त्री रवि लामिछाने

जसरी सहकारीका विषयहरु उठिरहेका छन् ती सहकारीको विषयमा अदालतमा कहीँकतै मुद्दा छैन: गृहमन्त्री रवि लामिछाने

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५२

  काठमाडौं: उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कुनैपनि सहकारीबाट...