नेपाली राष्ट्रिय टोली एसिया कपका लागि बन्द प्रशिक्षणमा
वि.सं.२०८० भदौ ४ सोमवार ०८:१६
2K
shares
काठमाडौं: एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरू भएको छ । प्रशिक्षक मोन्टी देसाइले एसिया कप सुरू हुनुभन्दा ९ दिनअघि १७ सदस्यीय टोलीको प्रशिक्षण थालेका हुन् ।
सन्दीप लामिछाने एसिया कप खेल्ने १७ सदस्यीय टीममा समावेस छन् । तर अदालतले उनी माथिको मुद्दाको सुनवाइ पछि सारेपछि सन्दीपले पाकिस्तान जानेबारे निर्णय लिइसकेका छैनन् । उनी अरूसँगै बुधबार पाकिस्तान जाने सम्भावना न्यून छ ।
एसिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले भदौ १३ (अगष्ट ३०) मा पाकिस्तान र भदौ १८ (सेप्टेम्बर ४) मा भारतसँग खेल्नेछ ।
यदि शीर्ष दुईमा पर्न सके नेपालले सुपर फोरमा स्थान बनाउने छ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो । नेपालले एसिया कपको लागि रोहित कुमार पौडेलको कप्तानीमा १७ सदस्य टोली घोषणा गरि सकेको छ ।
नेपालको एसिया कप खेल्ने टोली:
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद (विकेटकिपर) र मौसम ढकाल ।
वि.सं.२०८० भदौ ४ सोमवार ०८:१६



















