Texas College
YouTube Link

मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

Facebook Link

 

काठमाडौं: कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिँदैछन् । उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्ताव आज प्रदेशसभा बैठकमा छलफलका लागि पेस गर्न समय तोकेकी छन् ।

 

प्रदेश सभा सभामुखबिहीन भएको अवस्थामा विश्वासको मत लिने प्रदेशसभाको बैठक उपसभामुख सिर्जना दनुवारको भूमिकामा निर्भर छ । प्रदेश सभा नियमावली अनुसार सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चारजना प्रदेश सभा सदस्यलाई मनोनयन गरिएको छ ।

 

बैठक सञ्चालनका लागि मनोनयन गरेका चारजना प्रदेश सभा सदस्यमध्ये नेकपा एमालेकी मालतीकुमारी लिम्बू र राप्रपाका अम्मरबहादुर विष्टले सोमबारको बैठकमा उपस्थित हुन नसक्ने सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।

 

बाँकी दुईजना गीता तिम्सिना नेकपा माओवादी केन्द्रकी हुन् भने इस्राइल मन्सुर नेपाली कांग्रेसका हुन् । उपसभामुख दनुवारले राजीनामा नगरेको अवस्थामा यिनै दुईमध्ये एक जनाले बैठकको अध्यक्षता गर्नेछन् ।

 

उपसभामुख दनुवारले राजीनामा गरेको अवस्थामा नेपालको संविधान २०७२ को धारा १८२ को उपधारा ५ बमोजिम बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्नेछन् । प्रदेश सभाका ज्येष्ठ सदस्य रोहितबहादुर कार्की, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत र ज्ञानेन्द्र सुवेदीले बैठकमा उपस्थित नहुने सूचना आइतबार प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन् ।

 

किशोरचन्द्र दुलाल छोराको दीक्षान्त समारोहमा सहभागी हुन अमेरिका गएका छन् भने अर्का ज्येष्ठ सदस्य गोपालबहादुर विश्वकर्मा उपचारका क्रममा रहेको बताए पनि उनले अनुपस्थितिको सूचना दर्ता गराएका छैनन् । ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्दा नेपाली कांग्रेसका अमृतकुमार अर्यालले गर्नुपर्ने हुन्छ । उनले अध्यक्षता गर्दा मुख्यमन्त्री थापाले विश्वासको मत लिन असहज देखिन्छ ।

 

उपसभामुख दनुवार आइतबार प्रदेश सभामा आउने भनिए पनि आइनन् । सत्ता गठबन्धनका लागि चाहिने बहुमत पुर्‍याउनकै लागि सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर गठबन्धनले उनलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाइसकेको छ ।

 

पदबाट राजीनामा दिएर वा बैठकमा अनुपस्थित रहेर उपसभामुख दनुवारले एमाले अनुकूल कदम चाल्न सक्ने आशंकामा सत्तापक्षले बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आउन नदिन ज्येष्ठ सदस्य गयानन्द मण्डलाई राज्यमन्त्री बनाइसकेको छ ।

 

सोमबारको बैठकको अध्यक्ष उपसभामुख दनुवारले गरेको अवस्थामा मुख्यमन्त्री थापाले सजिलै विश्वासको मत पाउनेछन् । तर एमाले र राप्रपाका ज्येष्ठ सदस्यले अनुपस्थित हुने सूचना दर्ता गरिसकेको अवस्थामा सत्तापक्षले नै बैठकको अध्यक्षता गर्नुपर्ने परिस्थिति निर्माण हुँदै गएको छ ।

 

९३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ गरी सत्तापक्षसँग ४७ जना प्रदेश सभा सदस्य छन् । विपक्षमा भने नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना प्रदेश सभा सदस्य छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

वि.सं.२०८३ वैशाख १३ आइतवार १७:१७

काठमाडौं: ९९औं राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसरमा सूचना तथा प्रसारण विभागका...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

वि.सं.२०८३ वैशाख ९ बुधवार १३:२१

काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...