YouTube Link

राष्ट्रपतिले दिएको रेशम चौधरीको आममाफी माथि नै सर्वोच्चले उठायो गम्भीर प्रश्न, निर्णय कायम रहन्छ वा उल्टिन्छ ? (पूर्णपाठसहित)

Facebook Link

 

काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफीमाथि नै सर्वोच्च अदालतले गम्भीर प्रश्न उठाएको छ ।

 

सर्वोच्च अदालतले टिकापुर घटनालाई ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’को रुपमा व्याख्या गरेको छ ।

 

सर्वोच्च अदालतको यो व्याख्याले चौधरीलाई आममाफी दिने राष्ट्रपतिको निर्णय नै गैरकानुनी त थिएन ? भन्ने प्रश्न उठाएको छ । यससँगै सर्वोच्चको फैसलाले राष्ट्रपतिको निर्णय कायम रहन्छ वा उल्टिन्छ ? भन्ने अर्को प्रश्न पनि उब्जाएको छ ।

 

राष्ट्रपतिले चौधरीलाई मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार माफी दिएका थिए । यो दफाको उपदफा १ मा ‘अदालतको फैसला बमोजिम ठेकिएको सजाय पाएको व्यक्तिले सो सजाय माफी पाउन, त्यसलाई मुल्तवी राख्न, परिवर्तन गर्न वा कम गर्न गृह मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष निवेदन दिन सक्नेछ’ भनिएको छ ।

 

चौधरीले यही कानुनी व्यवस्थाअनुसार राष्ट्रपतिकहाँ निवेदन दिएपछि राष्ट्रपतिले उनको सजाय माफी गरिदिएका थिए । यसरी माफीको लागि निवेदन दिँदा अदालतको फैसला पनि संलग्न गर्नुपर्ने कानुनी व्यवस्था छ । चौधरीले निवेदन दिँदा सर्वोच्चको पूर्ण फैसला आएकै थिएन र उनले आंशिक फैसला मात्रै संलग्न राखी निवेदन दिएका थिए ।

 

तर, अहिले सर्वोच्च अदालतको पूर्ण फैसलामा टिकापुर घटनालाई ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’को रुपमा व्याख्या गरिएपछि मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ को उपदफा ४ आकर्षित हुन सक्ने देखिएको छ । यसमा ‘क्रुर तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिइ ज्यान मारेको’ अपराधलाई माफी दिन नमिल्ने अपराध भनिएको छ ।

 

यस्तो छ सर्वोच्च अदालतको फैसलाको पूर्णपाठः-

 




X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...