YouTube Link

७५३ स्थानीय तहमा कांग्रेसले ‘गाउँ सेवा दल’ गठन गर्ने

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेस  केन्द्रीय कार्यसमिति बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिर निस्कँदै गर्दा पक्राउ परेको एक सय किलो सुनका सन्दर्भमा गम्भीरतापूर्वक गहिरो अनुसन्धान गरी सुन तस्करीमा संलग्न दोषीलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन बैठकले सरकारसँग माग गरेको छ ।

 

बैठकले  समयमै सर्वसुलभरूपमा मल बीउ प्राप्त गर्नसक्ने प्रबन्ध मिलाउन, पशुमा फैलिएको लम्पी स्किन रोग निवारणको तत्काल उपाय खोज्न र पीडित किसानलाई उचित क्षतिपूर्ति समयमै उपलब्ध गराउन बैठक माग गरेको छ ।

 

सरकारले थालेको भ्रष्टाचार विरोधी जुनसुकै अभियानमा साथ दिने जनाएको छ । ‘कांग्रेसको जगमा उभिएको यो सरकारले थालेका नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणलगायतका भ्रष्टाचारविरुद्धका कदममा हाम्रो पार्टीको साथ समर्थन रहेको विदितै छ । ‘भ्रष्टाचारका सन्दर्भमा कुनैपनि दोषी नउम्किउन् र कोही निर्दोष नफसुन्’ भन्ने हाम्रो पार्टीको नीति रहेको छ, बैठकका निर्णय सार्वजनिक गर्न जारी विज्ञप्तिमा उल्लेख छ ।

 

यस वर्ष भएको न्यून वर्षाका कारण पूर्वानुमान गरेर बेलैमा उचित रणनीतिक सावधानी अपनाउन र आवश्यक खाद्यान्न भण्डारणको प्रबन्ध गर्न, सामूहिक जमानीमा लिएका ऋण तिर्न नसकेका ऋणीहरूको समस्यालाई मध्यनजर गर्दै आवश्यक निर्णय गरी पीडितलाई न्याय दिलाउन कांग्रेसले सरकारसँग माग गरेको छ । कांग्रेसले नागरिकतासम्बन्धी नियमावली यथाशीघ्र बनाई संविधान र कानूनबमोजिम वास्तविक नागरिकलाई नागरिकता प्रदान गर्ने कार्य सहज बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

 

बर्सातका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र भूकम्पका कारण भएको जनधनको क्षतिबाट प्रभावितलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन कांग्रेसले माग गरेको छ । जातीय विभेद र लैङ्गिक हिंसाजन्य व्यवहार अन्त्यका लागि त्यस्ता घटनामा पीडितलाई क्षतिपूर्तिसहित न्याय दिलाउन र पीडकलाई कानूनी कारबाहीको दायरामा ल्याउन कांग्रेसले माग गरेको छ ।

 

गाउँ, वडा र टोल तहमा मानवीय सेवाका कार्य अझ व्यवस्थितरूपले सम्पादन गर्न सात सय ५३ स्थानीय तहको कार्यसमितिले आफू मातहत ‘गाउँ सेवा दल’ गठन गर्ने निर्णय बैठकले गरेको छ । जातीय विभेद, घरेलु हिंसा या अन्य कुनै पनि सामाजिक विसङ्गतिमा प्रमाणित एवं कुनै पनि प्रकृतिका माग सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार (शारीरिक आक्रमण, कालोमोसो दल्ने आदि) गर्ने पार्टी सदस्य एवं भ्रातृ र शुभेच्छुक संस्थामा आबद्ध व्यक्तिको सदस्यता अविलम्ब खारेज गर्ने बैठकको निर्णय छ ।

 

कांग्रेसले दैनिक ज्यालादारी गरेर जीवकोपार्जन गर्ने, सडकपेटीमा सानातिना व्यापार गरी गुजारा चलाउँदै आएका तर हाल विस्थापन भई बेरोजगार रहेका व्यक्ति परिवारका बारेमा सूक्ष्म अध्ययन गरी उनीहरूको जीविकोपार्जन गर्ने उचित बन्दोबस्त मिलाउन सरकारसँग माग गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...