YouTube Link

रामेछापमा ११ सदस्यीय राष्ट्रिय फोटो पत्रकार समूह गठन

Facebook Link

 

रामेछाप: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)नेपाल रामेछापमा मिलन घिमिरेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला शाखा कार्यसमिति गठन भएको छ ।

 

नवगठित कार्यसमितिको उपाध्यक्षमा शर्मिला विसुन्खे, सचिवमा राजन महतारा, कोषाध्यक्षमा डोर शंकर बरुवाल र सह-सचिवमा राजकुमार श्रेष्ठ सर्वसहमत चयन भएका छन् । त्यस्तै सदस्यहरू प्रशान्त हायू, आरती आछमी, सृजना रोक्का, सृजना रसाइली, प्रविन बयलकोटी र विनीता बुढाथोकी चयन भएका छन् ।

 

कार्यक्रममा नवगठित कार्यसमितिलाई बधाई दिँदै प्रमुख अतिथि मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले नगरभित्रका भएका र बाहिर आउन नसकेका पर्यटकीय र महत्पूर्ण कुराहरू फोटो पत्रकारले ल्याउनुपर्ने जोड् दिँदै पत्रकारितामा सत्य र तथ्य आवश्यक रहेको धारणा राखे ।

 

कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै रामेछापमा फोटो पत्रकारिताको क्षेत्रमा उत्कृष्ट कार्यहरू गरेर देखाउन नव गठित कार्यसमितिलाई सुझाव दिए । उनले रामेछाप जिल्लामा धेरै पर्यटकीय क्षेत्रहरू रहेको र त्यसलाई फोटोको माध्यमबाट प्रचारप्रसार गर्न त्यसका लागि यहाँका स्थानीय सरकारसँग सहकार्य गरेर काम गर्न सुझाए ।

 

समूहका केन्द्रीय कोषाध्यक्ष सागर श्रेष्ठले राष्ट्रिय फोटो पत्रकार समूहको इतिहासदेखि वर्तमान अवस्थामा गर्दै आएका काम र आगामी योजनाका बारेमा जानकारी गराउँदै नयाँ शाखा (रामेछाप) ले आगामी दिनमा फोटो पत्रकारिताको क्षेत्रमा उल्लेख्य काम गर्ने विश्वास व्यक्त गरे ।

 

नवनिर्वाचित अध्यक्ष घिमिरेले आफूलाई अध्यक्ष बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिँदै सबैसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाए । समूहको विधि विधान र नीतिभित्र रहेर जिल्लाको महत्पूर्ण क्षेत्रहरूको प्रचारप्रसार गर्न यहाँका स्थानीय सरकार र पत्रकार महासंघसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

शनिबार सम्पन्न एनएफपिजे वागमती प्रदेशका सदस्य नवराज श्रेष्ठको अध्यक्षतामा तथा मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार समूहका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठ, कोषाध्यक्ष सागर श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुङ्गेल, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे, आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार बागमती प्रदेश (सिन्धुली) सदस्य बलवीर भुजेल लगायत जिल्लाका अन्य अग्रज पत्रकारहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

Photo: annapurnatimes.com

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...