YouTube Link

तीन दिने फोटो पत्रकारिता प्रशिक्षण सम्पन्न

Facebook Link

 

काठमाडौं: नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)को आयोजना, राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) को सहकार्यमा मंगलबारदेखि सुरु भएको पत्रकारका लागि तीन दिने फोटो पत्रकारिता प्रशिक्षण सम्पन्न भएको छ ।

 

विभिन्न सञ्चारमाध्यमममा कार्यरत ६८ जना पत्रकारहरुको सहभागिता रहेको तालिममा फोटो पत्रकारिताका सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित नेपालको पर्यटन तथा पर्यटन पत्रकारिताको बारेमा समेत प्रशिक्षण दिएको थियो ।

 

प्रशिक्षणको तेस्रो दिन अर्थात समापनमा नेपाल पर्यटन वोर्डका सञ्चार संयोजक टिपी भुसालले फोटो पत्रकारिता नेपालमा कहिलेदेखि सुरु गरियो र यसको विगतको अनुभव के छ ? आज के हुदै छ ? साथै कानुनी व्यवस्थाहरु पत्रकारको आचार संहितामा फोटो पत्रकारिता कसरी गर्नुपर्छ भन्ने सन्देशमुलकका बारेमा प्रशिक्षण दिएका थिए ।

 

त्यसैगरी प्रशिक्षक किशोर श्रेष्ठले पहिलो दिन क्यामेराको सैद्धान्तिक (थेउकरिकल) बारेमा सम्पूर्ण जानकारी गराएका थिए भने प्रशिक्षणको दोस्रो दिन अर्थात् भृकुटीमण्डपबाट काठमाडौंको बसन्तपुर दरबार स्क्वायरसम्म प्रशिक्षार्थीहरुसँग प्रत्यक्ष रुपमा संलग्न भई फोटो खिचाएर व्यवहिरक (प्रक्टिकल) रुपमा प्रशिक्षण गराएका थिए ।

 

कार्यक्रम समापनको क्रममा आयोजक युएनडिपीका धर्मा दवाडीले कार्यक्रमलाई सम्बोधन गर्दै यस्ता कार्यक्रम गर्न पाउदा आफूलाई धेरै खुशी लागेको बताए । दवाडीले निरन्तर रुपमा तीनदिनसम्म तपाईहरुको सहभागीता देखेर हामीलाई यस्ता कार्यक्रम गर्न उत्साहित भएको बताए ।

 

नेपाल पर्यटन बोर्डका म्यानेजर शुनिल शर्माले फोटो पत्रकारिताको अनुभव सुनाउदै आउँदा दिनमा नेपाल पर्यटन वोर्डले गर्ने हरेक कार्यक्रमहरुलाई फोटो पत्रकारिताको माध्यबाट देशलाई चिनाउन सकिने र दुर्गम क्षेत्रको फोटोलाई राम्ररी प्रस्तुत गर्न सकियो भने धेरै प्रगति गर्न सकिने बताए ।

 

प्रशिक्षणमा सहभागी प्रशिक्षर्थीहरुले आ–आफ्ना अनुभव सुनाउदै क्यामेरा बोकेर फोटो वर्षौदेखि खिच्दै आएको तर फोटोको बारेमा र लाइट कसरी मिलाउने अँध्यारोमा कसरी फोटो खिच्ने जस्ता समस्याले ग्रसित भएका थियौ तर यो तीन दिने प्रशिक्षणका क्रममा प्रेक्टिकल गरेपछि सोचेको जस्तो फोटो खिच्न सक्ने भयौ भन्दै आयोजक टिमलाई धन्यवाद दिएका थिए ।

 

नेपाल पर्यटन वोर्डमा सम्पन्न तालिमलाई फोटो पत्रकारिताको प्रशिक्षण किशोर श्रेष्ठले दिएका थिए भने कार्यक्रम संयोजक प्रदिप श्रेष्ठ गरेका थिए । फोटो पत्रकार समूहको तर्फबाट सागर श्रेष्ठ र भगवती थापाले कार्यक्रम अवधिभर सहयोगीको भुमिका निर्वाह गरेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...