नेपाल र भारत भिड्दै, पहिलो जितको खोजीमा नेपाल
वि.सं.२०८० साउन १ सोमवार ०७:४०
2.1K
shares
काठमाडौं: नेपालले एसिसी इमर्जिङ कपमा आज भारत ‘ए’सँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २:१५ मा श्रीलंकाको आर प्रेमदासा रंगशालामा हुनेछ ।
नेपालको रोहित पौडेल र भारतको यश धुलले कप्तानी गर्नेछन् । नेपाल पहिलो जितको खोजीमा हुनेछ भने भारत लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित भएको थियो । त्यस्तै भारतले युएई ‘ए’ लाई ८ विकेटले हराएको थियो ।
गत मे मा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो । टेस्ट राष्ट्र भारत स्वतः छनोट भएको हो । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ‘ए’ सँग खेल्नेछ ।
प्रतियोगितामा ६ टोली सहभागी छन् । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ । सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, पवन सरार्फ , देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।
भारत ‘ए’ को टोली :
साई सुदर्शन, अभिषेक शर्मा (उपकप्तान), निकिन जोन्स, प्रदोश रञ्जन पल, यश धुल (कप्तान), रियान पराग, निशान्त सिन्धु, प्रभशिम्रन सिंह (विकेटकिपर), ध्रुव जुरेल, मानव सुथार, युवराजसिंह दोदिया, हर्षित राना, आकाश सिंह, नितेश कुमार रेड्डी र राजवर्धन हांगगेकार ।
वि.सं.२०८० साउन १ सोमवार ०७:४०



















