YouTube Link

नेपाललाई ऐतिहासिक सफलता, युएईविरूद्धको टी ट्वान्टी सिरिज जित्यो

World Cup 2026
Facebook Link

नेपाललाई ऐतिहासिक सफलता, युएईविरूद्धको टी ट्वान्टी सिरिज जित्यो

नेपालले युएई विरूद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेको छ। यो सँगै नेपालले पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय सँगै टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज पनि जितेको हो। रोमाञ्चक खेलमा नेपालले युएईलाई १४ रनले पराजित गर्दै टी-२० अन्तर्राष्ट्रिय शृङ्खला २-१ ले आफ्नो पक्षमा पारेको हो।

नेपालले बनाएको १०४ रनको लक्ष्य पछ्याउने क्रममा युएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै  ९० रनमा सीमित हुनपुग्यो। आक्रमक सुरूवात गरेको युएईका लागि साइमन अनवारले ३० रन बनाउँदा गुलाम सब्बेरले २५ रन जोडे।

मोहम्मद बोताले ११ रन जोड्नु बाहेक युएईका अन्य कुनै पनि ब्याट्समेनले दोहोरो रनको स्कोर छुन सकेनन्। युएईलाई सस्तैमा समेट्न नेपालका करन केसी, अभिनास बोहोरा र ललित नारायण राजबंशीले २-२ विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए।

दुबईस्थित आइसीसी एकेडेमी ओभलमा आइतवार वर्षा भएपछि १० ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ रन जोडे। १४ बल खेलेका पारसले ४ चौका र १ छक्का हिर्काएका हुन्। यस्तै ११ बल खेलेका सुनदीप जोराले  ३ छक्कासहित २८ रन बनाए।

पाँचौ विकेटका लागि बिनोद भण्डारीले जोरासँग ३७ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोरमा पुर्‍याए।  भण्डार १३ बल खेल्दै २ चौका र १ छक्कासहित २१ रन बनाएर आउट भए।

करन केसीले ४ बलमा १० रन बनाउँदा ओपनर ज्ञानेन्द्र मल्ल ११ र दीपेन्द्र सिंह ऐरी २ रन बनाएर आउट भएका थिए।

युएईका लागि मोहम्मद नाभिद र सुल्तान अहमदले २-२ विकेट लिँदा जाहुर खान, र मोहम्मद बोताले १-१ विकेट लिए।

प्रकाशित मिति: आईतबार, माघ २०, २०७५, ०६:४५:००

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्रीलाई बुझायो रास्वपाले भ्रष्टाचारविरुद्धको संकल्प प्रस्ताव

गृहमन्त्रीलाई बुझायो रास्वपाले भ्रष्टाचारविरुद्धको संकल्प प्रस्ताव

वि.सं.२०८० जेठ ६ शनिवार ११:४४

  काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सांसद सुमना श्रेष्ठले संसदमा...

एभरेष्ट बैंकको खाताबाट डेढ करोड चोरी

एभरेष्ट बैंकको खाताबाट डेढ करोड चोरी

वि.सं.२०८० जेठ ६ शनिवार १०:३४

  विराटनगर: एभरेष्ट बैंकको इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको एक...

एउटै रुखमा झुण्डिएर तीन किशोरीले गरे आत्महत्या

एउटै रुखमा झुण्डिएर तीन किशोरीले गरे आत्महत्या

वि.सं.२०७९ साउन ८ आइतवार ११:३१

झापा : झापामा एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरीको शव...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०७९ साउन ८ आइतवार १०:३५

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्दैछ ।...

शेखरले पोखे आईजीपी नियुक्तिमा असन्तुष्टि

शेखरले पोखे आईजीपी नियुक्तिमा असन्तुष्टि

वि.सं.२०७९ वैशाख १८ आइतवार १६:१६

  काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल प्रहरीको...

आफूभन्दा जुनियलाई आईजीपी बनाएपछि दुई एआईजी रुष्ट

आफूभन्दा जुनियलाई आईजीपी बनाएपछि दुई एआईजी रुष्ट

वि.सं.२०७९ वैशाख १८ आइतवार १४:४३

    काठमाडौँ । आफूभन्दा कनिष्ठलाई सरकारले आईजीपी बनाएपछि दुई...