YouTube Link

एक अर्को देशका पत्रकारलाई भिसा दिन भारत र चीनमा रोक

Facebook Link

 

एजेन्सी: बीबीसी हिन्दीले चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्स र अमेरिकी अखबार वाल स्ट्रिट जर्नललाई उदृत गर्दै भारत र चीनले एक-अर्को देशका पत्रकारलाई भिसा दिन बन्द गरेको उल्लेख गरेको छ ।

 

चिनियाँ अखबार ग्लोबल टाइम्सले भारतले चिनियाँ पत्रकारलाई भिसा दिन रोक लगाउनु ‘खतरनाक प्रवृत्ति’ भन्दै यसले दुई देशबीचको सम्बन्धलाई थप जटिल बनाउने उल्लेख गरेको छ ।

 

वाल स्ट्रिट जर्नलले आफ्नो रिपोर्टमा यसै महिना भारतले चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वा र चाइना सेन्ट्रल टेलिभिजनका दुई पत्रकारलाई भिसा नदिएको उल्लेख गरेको बीबीसी हिन्दीले जनाएको छ । यो रिर्पोटमा भारत र चीनले एक-अर्को देशमा पत्रकारको पहुँचलाई लगभग समाप्त पारिदिएको दाबी गरिएको छ ।

 

यस्तै उक्त रिपोर्टमा चीनमा रहेका चार भारतीय सञ्चारमाध्यमका पत्रकारमध्ये यसै वर्षको सुरुवातमा दुई भारतीय सञ्चारमाध्यमका पत्रकारको भिसा चीनले नथपेको उल्लेख छ । बाँकी दुई पत्रकारको भिसा थप्ने विषयमासमेत चीनले भारतले चाल्ने कदममा भर पर्ने जवाफ दिएको रिपोर्टमा जनाइएको छ ।

 

चीनले भारतमा रहेका चिनियाँ पत्रकार भेदभावपूर्ण र अनुचित रवैयाको शिकार बनेको र कुनै समय चीनका १४ पत्रकार भारतमा कार्यरत रहेकोमा अब एक जना मात्रै रहेको उल्लेख गरेको छ ।

 

सन् २०२० पछि भारतले चिनियाँ पत्रकारका लागि लामो अवधिको भिसा जारी गरेको छैन । सन् २०२१ को डिसेम्बरमा भारतले दुई महिना भिसा अवधि रहेका चिनियाँ पत्रकारहरुलाई फिर्ता पठाइदिएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...