Texas College
YouTube Link

नेपाललाई अघिल्लो चरण पुग्न माल्दिभ्सलाई हराउनैपर्ने दवाव

Facebook Link

काठमाडौं: एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनल प्रवेशका लागि हुने महत्वपूर्ण खेलमा जित्नै पर्ने दवाव सहित नेपालले माल्दिभ्सको सामाना गर्दैछ ।

आज ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने दोस्रो खेलमा नेपाल र माल्दिभ्स भिड्नेछन् । नेपाललाई अघिल्लो चरण पुग्न माल्दिभ्सलाई हराउनैपर्ने समिकरण तय भएको छ । विजेता टिमले सेमिफाईनलको यात्रा तय गर्नेछ । दुवै टोली प्रतियोगितामा जित विहिन छन् ।

समुह ए को पहिलो खेलमा दुवै टिम किर्गिस्तानसँग पराजित भएको थियो । उद्घाटन खेलमा घरेलु टोली र मंगलबार भएको खेलमा माल्दिभ्स टोलीलाई हराउँदै किर्गिस्तान अन्तिम ४ मा प्रवेश गरिसकेको छ । समुह एबाट अघिल्लो चरण पुग्ने एक टोलीको टुङ्गो लाग्न बाँकी छ । नेपाल र माल्दिभ्सबीचको विजेता टोलीले सेमिफाईनलमा स्थान बनाउनेछ । सोही कारण अघिल्लो चरणको यात्रा तय गर्न घरेलु टोलीलाई जित निर्विकल्प छ । खेल अपरान्ह ५ बजे सुरु हुनेछ ।

आज नै हुने दिनको पहिलो खेलमा समुह बीबाट उज्वेकिस्तान र अफगानिस्तान भिड्नेछन् । खेल दिउँसो ३ बजे सुरु हुने छ । सेमिफाईनलका नजिक पुगेको उज्वेकिस्तान जित निकाल्दै सतप्रतिशत नतिजा आत्मसाथ गर्न चाहन्छ । उज्वेकिस्तानले यसअघि तुर्कमेनिस्तान र बंगलादेशलाई हराएको थियो । अघिल्लो चरण प्रवेश यात्रा सहज बनाउन अफगानिस्तानलाई समेत बलियो प्रतिद्वन्दीविरुद्व जित निकाल्न आवश्यक छ ।

आजको अन्तिम खेलमा साँझ ७ बजे तुर्कमिनिस्तान र बंगलादेश खेल्नेछन् । अघिल्लो चरण प्रवेशको गणितिय सम्भावना बाँकी राख्न तुर्कमिनिस्तानलाई जित आवश्यक छ । पहिलो खेलमा तुर्कमिस्तानले अफगानिस्तानलाई हराएको थियो भने बंगलादेशले भने उज्वेकिस्तानसंग हार ब्यहोरेको थियो ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...