टुँडिखेलमा मनाइयो १६औँ गणतन्त्र दिवस
वि.सं.२०८० जेठ १५ सोमवार ११:२३
2.3K
shares
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा काठमाडौंको टुँडिखेलमा विविध कार्यक्रम गरेर १६औँ गणतन्त्र दिवस मनाइएको छ ।
सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिले विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्य रूपमा मनाएको हो । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायकप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिम्लिसिना लगायत विभिन्न राजनीतिक दलका प्रमुखले गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ । विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो ।
तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) बीच भएको सहमति अनुसार विसं २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भएको थियो । विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।
वि.सं.२०८० जेठ १५ सोमवार ११:२३




















