विकृति र भ्रष्टाचारविरुद्धको लडाइँ सुरु गरियो, जनयुद्धको बेला जस्तै अनुभव हुँदैछ: प्रधानमन्त्री प्रचण्ड
वि.सं.२०८० जेठ १३ शनिवार १४:१६
1.9K
shares
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्धको लडाइँ जनयुद्धको बेलाको जस्तै अनुभव भएको बताएका छन् ।
शनिबार प्रेस सेन्टर नेपालको १९औं केन्द्रीय साधारणसभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने- ‘जनयुद्धका बेलामा जुन संकल्पका साथ हाम्फालेको थियो । अहिले विकृति र भ्रष्टाचारविरूद्धको लडाइँमा म त्यही मानसिकताका साथ हामफालेको अनुभव हुँदैछ,’ उनले भने, ‘जसरी जनयुद्ध सुरू गर्दा, लडाइँ सुरू गर्दा, हामीलाई को कति दिन बाँचिने हो, को कतिबेला मारिने हो भन्ने कुरा टुंगो छैन । तर पनि मृत्युवरण गरी हामफालेका थियौं । अहिलेको यो लडाइँ त्यस्तै त्यस्तै छ ।’
यस्तै अहिले सरकार चलाउन चुनौतीपूर्ण अवसर भएको पनि उनले बताए । आफूहरूले गरेका कामका कारण जनतामा नयाँ आन्दोलन, अभियान र संस्कारको सुरूवात हुन खोजेको अनुभूत भएको पनि उनले बताए ।
वि.सं.२०८० जेठ १३ शनिवार १४:१६



















