YouTube Link

आजबाट दोस्रो बागमती प्रदेश खेलकुद सुरु हुँदै

Facebook Link

काठमाडौं: मकवानपुरको हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा दोस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता आजबाट सुरु हुदैछ ।

एक भब्य समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदेश स्तरमा खेलाडी उत्पादन, पहिचान र एक्सपोजर प्रदान गर्ने उद्धेश्यका साथ गत वर्षबाट सुरुआत गरिएको प्रतियोगिताको यो दोस्रो संस्करण हो । आफ्नो प्रदेशमा सम्भावना भएका खेललाई समावेश गरेर हरेक वर्ष प्रदेश खेलकुद कार्यक्रम गर्ने बागमती एक्लो प्रदेश हो ।

राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित हुन नसक्ने नेपाली खेलकुदमा बागतमी प्रदेश सरकारले बजेटको ब्यवस्था गरेर लगातार दोस्रो पटक प्रदेश खेलकुद प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

यस वर्ष प्रदेश खेलकुद विकास परिषद् बागमतीले १३ खेललाई प्रदेश स्तरीय खेलकुदमा समावेश गरेको छ । बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाले भलिबल, क्रिकेट, फुटबल, रग्बी, कराँते, तेक्वान्दो, बक्सिङ, उसु, जुडो, ब्याटमिन्टन, एथलेटिक्स, पौडी र आईटिएफ तेक्वान्दो गरि १३ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

आजबाट सुरु हुने प्रतियोगिता जेठ १३ गतेसम्म सञ्चालन हुने प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले बताए । उनले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको र खेलाडी  तथा अफिसियल हेटौडामा पुग्ने क्रम जारी रहेको बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...