YouTube Link

टोपहादुर रायमाझीलाई पक्राउ गर्न ७७ वटै जिल्लालाई परिपत्र

Facebook Link

 

काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी पक्राउ पर्न सकेका छैनन् ।

 

गत बुधबार जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो । सो दिन सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीमा एक कार्यक्रममा विशेष अतिथि बनेका उनी सोही दिन बेलुकाबाट सम्पर्कबिहीन बनेका छन् ।

 

उनी अहिले भागेर भारतको लखनउ पुगेको प्रहरीले आशंका गरेको छ । गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी अहिले उनको खोजीमा तीव्र रुपमा लागेको छ । तर, उनी कहाँ छन् भन्ने यकिन लोकेसन पत्ता लगाउन सकेको छैन । गृह स्रोत भने उनी भारतको लखनउ पुगेको हुनसक्ने आशंका रहेको बताउँछ ।

 

उनलाई पक्राउ गर्नका लागि ७७ वटै जिल्ला प्रहरी कार्यालयमा प्रहरी प्रधान कार्यालयले परिपत्र गरेको गृह स्रोतले बताएको छ । त्यति मात्र नभई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पनि उनलाई पक्राउ गर्न निर्देशन दिइएको छ ।

 

यो प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । एमाले नेता रायमाझीका छोरा सन्दीप, सचिव टेकनारायण पाण्डे, एमाले नेता तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ परेका थिए ।

 

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापाको पालामा २०७६ जेठमा एउटा कार्यदल गठन गरिएको थियो । गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए ।

 

तर, पन्थी नेतृत्वको कार्यदलले भने मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थीको सूचीमा राखेको खुलेको थियो । अमेरिका लैजाने र त्यसबापत मोटो रकम असुल्ने उद्देश्यसहित ४२९ जनालाई भुटानी शरणार्थीको सूचीमा समेटिएको थियो ।

 

तीमध्ये अधिकांश वास्तविक भुटानी शरणार्थी नभई नेपाली नागरिक रहेको खुलेको थियो। नेपाली नागरिकलाई नै भुटानी शरणार्थीको सूचीमा राखिएको विषय सार्वजनिक भएपछि उक्त प्रतिवेदन नै गुपचुप पारिएको थियो ।

 

गुपचुप पारिएको उक्त प्रतिवेदन भने अहिले पक्राउ परेको गिरोहको हातमा पुगेको थियो । उनीहरुले त्यही प्रतिवेदनमा ४४६ जना नेपाली नागरिकको नाम समेट्दै उनीहरुलाई अमेरिका लैजाने भनेर रकम उठाउने गरेको पाइएको छ । यो गिरोहले करिब १ अर्ब रुपैयाँ ठगी गरेको पाइएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...