YouTube Link

नेपाल-चीन फ्रन्डसीप ड्रागन वोट रेस फेस्टिभल आयोजनाका लागि पर्यटन बोर्ड र चिनीयाँ दुतावासबीच सम्झौता

Facebook Link

 

काठमाडौं: नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकाको आयोजनामा आगामी असार ८ र ९ गते पोखरामा पहिलो पटक नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट रेस फेस्टिभल आयोजना हुने भएको छ ।

 

उक्त कार्यक्रममा पोखरा पर्यटन परिषद, नेपाल चीन ओभरसीज एशोसिएसन सह आयोजकका रुपमा रहनेछन् । दुई देशबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन तथा नेपालमा चीनिया पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमा सम्बन्धमा बिहीबार नेपाल पर्यटन बोर्ड र चिनीयाँ दुतावासका अधिकारी बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यको उपस्थितिमा बोर्डमा भएको हस्ताक्षर कार्यक्रममा नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र नेपालस्थित चिनीयाँ दुतावासको तर्फबाट डेपुटी चिफ अफ मिसन डीसीएम वाङ जिन (Wang Xin)ले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

 

 

वोट रेस फेस्टिभल दक्षिण एशियामै पहिलो पटक आयोजना गर्न चिनीयाँ पक्षले जानकारी दिएको छ । रेसका लागि चीनबाटै आठ वटा विशेषखालका वोट सहित अन्य सहभागीहरु नेपाल आउने छन् । फेस्टिवलमा नेपालका सातैवटै प्रदेशबाट सहभागीता गराइने छ ।

 

हस्ताक्षर कार्यक्रममा बोल्दै पोखरामा मेयर धनराज आचार्यले यस प्रकारको कार्यक्रमले नेपाल कै समग्र पर्यटनमा नयाँ आयाम थप्ने बताए । उनले यो कार्यक्रमले पोखराको पर्यटनमा नयाँ प्रडक्ट थपिने र यसलाई हरेक वर्ष आयोजना गरिने बताए ।

 

बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले वोट रेस फेस्टिवलका माध्यमबाट पोखराको पर्यटकलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताए । त्रिपक्षीय सहकार्य तथा अन्य सरोकारवालाहरुको सहभागीतामा हुने यो कार्यक्रमले धेरै पर्यटकलाई आर्कषित गर्ने समेत बताए ।

 

 

चिनीयाँ दुतावासका डीसीएम वाङजिनले पोखरा चीनियाँ पर्यटकको लागि आर्कषक गन्तव्य भएको उल्लेख गर्दै यो कार्यक्रमका माध्यमबाट दुवै देशबीचको सांस्कतिक तथा जनस्तरको सम्बन्ध थप प्रगाढ हुने बताए ।

 

उनले यस प्रकारको कार्यक्रम दक्षिण एशियामै पहिलो पटक आयोजना गरिएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनु भयो । सो अवसरमा फुड फेस्टिवल समेत आयोजना गरिने भएको  छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...