YouTube Link

सुकुम्बासी बस्ती हटाउन सरकारले सहयोग नगरेपछि मेयर बालेन्द्र साह आक्रोशित, मुख्य प्रशासनिक निकायमा फोहोर उठाउन रोक

Facebook Link

 

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मुख्य प्रशासनिक निकाय सिंहदरबार, राष्ट्रपति निवास, प्रधानमन्त्री निवास र पुल्चोकस्थित मन्त्री निवासको फोहोर उठाउन बन्द गर्ने निर्णय गरेका छन् ।

 

बागमती नदी किनाराको सुकम्बासी बस्ती हटाउन सरकारले असहयोग गरेपछि मेयर साहले फोहोर व्यवस्थापन गरिरहेका निजी क्षेत्रका कर्मचारीलाई शनिबार ती क्षेत्रबाट फोहोर नउठाउन निर्देशन दिएका हुन् ।

 

मेयरको निर्देशन अनुसार कामपा फोहोर व्यवस्थापन विभागले फोहोर संकलन गर्ने संस्थाका पदाधिकारीलाई आज आइतबारबाट राष्ट्रपति निवास र कार्यालय, प्रधानमन्त्री निवास वालुवाटार, सिंहदरबार र पुल्चोकस्थित मन्त्री निवासको फोहोर नउठाउन निर्देशन दिएका छन् ।

 

केही दिन अघिदेखि नदी किनारबाट सुकुम्बासी बस्ती हटाउन पहल जारी राखेका मेयर साहलाई सरकारले सहयोग नगरेपछि मेयरले फोहोर ढुवानीमा रोक लगाएको हो ।

 

शुक्रबार तीनकुने गौरीगाउँस्थित सुकुम्बासी बस्तीमा डोजरसहित पुगेको कामपालाई गृह प्रशासनले पूर्ण असहयोग गरेको थियो । त्यसैको बदला लिन शनिबार बिहानै मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा ट्वीट गर्दै देशको प्रमुख प्रशासनिक अखडा सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए ।

 

शनिबार सिंहदरबारमा फोहोर संकलन गर्न पुगेको नेप्से म्याकको सवारीलाई महानगरको प्रहरीले नियन्त्रणमा लिएपछि नेप्से म्याकले शनिबारबाटै फोहोर उठाएको छैन ।

 

मेयर साहले सामाजिक सञ्चालनमा आपत्तिजनक अभिव्यक्ति दिएर फोहोर रोक लगाएपछि उनको तीव्र आलोचना भएको छ । उनले शनिबार दिउँसो फेरि अर्को स्ट्याटस लेख्दै ट्वीट गरेका छन्- ‘साच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

 

मेयर साहले दुई साता अघिदेखि नै फोहोर रोक्ने तयारी गरेका थिए । तर, अन्तिमपटक शुक्रबार गृहमन्त्रालयसँग सुकुम्बासी बस्ती हटाउन सहयोगको याचना गर्दा सहयोग नगरेपछि उनले फोहोर उठाउन रोकेका हुन् ।

 

यसअघि मङ्सिर दोस्रो साता काठमाडौं कामपाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वको टोली डोजरसहित थापाथलीको सुकुम्बासी बस्ती हटाउन पुगेको थियो । त्यसबेला नगरप्रहरी प्रमुख पाण्डेमाथि सांघातिक आक्रमण भएको थियो ।

 

सो क्षेत्रमा भएको झडपमा ३६ नगर प्रहरी घाइते भएका थिए । वैकल्पिक व्यवस्थापनबिनै सुकुम्बासी बस्ती उठाउन खोजेको भन्दै बालेनको उक्त कदमको चौतर्फी आलोचना भएको थियो ।

 

दिनभरको तनावपछि मेयर साहले सोही दिन तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सुकुम्बासी बस्ती हटाउन सहयोग गर्न आग्रह गरेका थिए ।  देउवाले सहयोग गर्ने वचन दिए पनि पुनः हटाउने प्रयास गर्दा सम्भव नभएपछि दोस्रो पटक पुस १३ गते तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई मेयर साहले पत्र लेखेका थिए । त्यसबेला पनि गृहमन्त्री लामिछानेले सहयोग नगरेपछि मेयर साहको आक्रोश झनै बढेको थियो ।

 

माघ १६ तेस्रोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सुकुम्बासी बस्ती हटाउन सहयोगको आग्रह गरेका थिए । दाहालले अन्य दलसँग सल्लाहपछि मात्र निर्णय गर्ने आश्वासन दिएका थिए ।

 

हालसम्म सुकुम्बासी बस्ती हटाउने विषयमा सरकारले कुनै चासो नलिएपछि शुक्रबार तीनकुनेको बस्ती हटाउन मेयर साह आफैं सुकम्बासी बस्ती पुगेका थिए । शुक्रबार सकुम्बासी बस्ती हटाउने तेस्रोपटकको प्रयास असफल भएपछि मेयर साहले सरकारसँग आक्रोस पोख्दै सामाजिक सञ्जालमा तीनवटा स्ट्याटस लेखेका हुन् ।

 

संघीय सरकारले आफूलाई बारम्बार असहयोग गरेको आरोप लगाउँदै आएका मेयर साहले सामाजिक सञ्जालमा नेपालको सरकार भारत र चीन सरकारले बनाउने गरेको आरोप लगाएका छन् । उनले लेखेका छन्- ‘इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म । नेपाल स्वाधीन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन ?’

 

यसैबीच शनिबार सिंहदरबारलगायत पाँच निकायबाट फोहोर नउठेपछि संघीय मामिला तथा स्थानीय विकासमन्त्री अमनलाल मोदीले मेयर साहलाई वार्ता गर्न बोलाएका थिए । स्रोतका अनुसार मेयर साहले प्रधानमन्त्रीभन्दा तल्लो तहका कोहीसँग पनि भेट नगर्ने बताएपछि प्रम दाहालसँगै भेट गराउने तयारी भइरहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...