Rajshow Bivag

सुकुम्बासी बस्ती हटाउन सरकारले सहयोग नगरेपछि मेयर बालेन्द्र साह आक्रोशित, मुख्य प्रशासनिक निकायमा फोहोर उठाउन रोक

Departmant of helth services

 

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मुख्य प्रशासनिक निकाय सिंहदरबार, राष्ट्रपति निवास, प्रधानमन्त्री निवास र पुल्चोकस्थित मन्त्री निवासको फोहोर उठाउन बन्द गर्ने निर्णय गरेका छन् ।

 

बागमती नदी किनाराको सुकम्बासी बस्ती हटाउन सरकारले असहयोग गरेपछि मेयर साहले फोहोर व्यवस्थापन गरिरहेका निजी क्षेत्रका कर्मचारीलाई शनिबार ती क्षेत्रबाट फोहोर नउठाउन निर्देशन दिएका हुन् ।

 

मेयरको निर्देशन अनुसार कामपा फोहोर व्यवस्थापन विभागले फोहोर संकलन गर्ने संस्थाका पदाधिकारीलाई आज आइतबारबाट राष्ट्रपति निवास र कार्यालय, प्रधानमन्त्री निवास वालुवाटार, सिंहदरबार र पुल्चोकस्थित मन्त्री निवासको फोहोर नउठाउन निर्देशन दिएका छन् ।

 

केही दिन अघिदेखि नदी किनारबाट सुकुम्बासी बस्ती हटाउन पहल जारी राखेका मेयर साहलाई सरकारले सहयोग नगरेपछि मेयरले फोहोर ढुवानीमा रोक लगाएको हो ।

 

शुक्रबार तीनकुने गौरीगाउँस्थित सुकुम्बासी बस्तीमा डोजरसहित पुगेको कामपालाई गृह प्रशासनले पूर्ण असहयोग गरेको थियो । त्यसैको बदला लिन शनिबार बिहानै मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा ट्वीट गर्दै देशको प्रमुख प्रशासनिक अखडा सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए ।

 

शनिबार सिंहदरबारमा फोहोर संकलन गर्न पुगेको नेप्से म्याकको सवारीलाई महानगरको प्रहरीले नियन्त्रणमा लिएपछि नेप्से म्याकले शनिबारबाटै फोहोर उठाएको छैन ।

 

मेयर साहले सामाजिक सञ्चालनमा आपत्तिजनक अभिव्यक्ति दिएर फोहोर रोक लगाएपछि उनको तीव्र आलोचना भएको छ । उनले शनिबार दिउँसो फेरि अर्को स्ट्याटस लेख्दै ट्वीट गरेका छन्- ‘साच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

 

मेयर साहले दुई साता अघिदेखि नै फोहोर रोक्ने तयारी गरेका थिए । तर, अन्तिमपटक शुक्रबार गृहमन्त्रालयसँग सुकुम्बासी बस्ती हटाउन सहयोगको याचना गर्दा सहयोग नगरेपछि उनले फोहोर उठाउन रोकेका हुन् ।

 

यसअघि मङ्सिर दोस्रो साता काठमाडौं कामपाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वको टोली डोजरसहित थापाथलीको सुकुम्बासी बस्ती हटाउन पुगेको थियो । त्यसबेला नगरप्रहरी प्रमुख पाण्डेमाथि सांघातिक आक्रमण भएको थियो ।

 

सो क्षेत्रमा भएको झडपमा ३६ नगर प्रहरी घाइते भएका थिए । वैकल्पिक व्यवस्थापनबिनै सुकुम्बासी बस्ती उठाउन खोजेको भन्दै बालेनको उक्त कदमको चौतर्फी आलोचना भएको थियो ।

 

दिनभरको तनावपछि मेयर साहले सोही दिन तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सुकुम्बासी बस्ती हटाउन सहयोग गर्न आग्रह गरेका थिए ।  देउवाले सहयोग गर्ने वचन दिए पनि पुनः हटाउने प्रयास गर्दा सम्भव नभएपछि दोस्रो पटक पुस १३ गते तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई मेयर साहले पत्र लेखेका थिए । त्यसबेला पनि गृहमन्त्री लामिछानेले सहयोग नगरेपछि मेयर साहको आक्रोश झनै बढेको थियो ।

 

माघ १६ तेस्रोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सुकुम्बासी बस्ती हटाउन सहयोगको आग्रह गरेका थिए । दाहालले अन्य दलसँग सल्लाहपछि मात्र निर्णय गर्ने आश्वासन दिएका थिए ।

 

हालसम्म सुकुम्बासी बस्ती हटाउने विषयमा सरकारले कुनै चासो नलिएपछि शुक्रबार तीनकुनेको बस्ती हटाउन मेयर साह आफैं सुकम्बासी बस्ती पुगेका थिए । शुक्रबार सकुम्बासी बस्ती हटाउने तेस्रोपटकको प्रयास असफल भएपछि मेयर साहले सरकारसँग आक्रोस पोख्दै सामाजिक सञ्जालमा तीनवटा स्ट्याटस लेखेका हुन् ।

 

संघीय सरकारले आफूलाई बारम्बार असहयोग गरेको आरोप लगाउँदै आएका मेयर साहले सामाजिक सञ्जालमा नेपालको सरकार भारत र चीन सरकारले बनाउने गरेको आरोप लगाएका छन् । उनले लेखेका छन्- ‘इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म । नेपाल स्वाधीन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन ?’

 

यसैबीच शनिबार सिंहदरबारलगायत पाँच निकायबाट फोहोर नउठेपछि संघीय मामिला तथा स्थानीय विकासमन्त्री अमनलाल मोदीले मेयर साहलाई वार्ता गर्न बोलाएका थिए । स्रोतका अनुसार मेयर साहले प्रधानमन्त्रीभन्दा तल्लो तहका कोहीसँग पनि भेट नगर्ने बताएपछि प्रम दाहालसँगै भेट गराउने तयारी भइरहेको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...