सन्दीप लामिछानेको मुद्दाको सुनुवाई आज
वि.सं.२०७९ चैत २६ आइतवार ११:३४
1.3K
shares
काठमाडौ: क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाई आज हुने भएको छ । उनीमाथि लागेको बलात्कारको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको हो ।
जिल्ला अदालत काठमाडौंमा आइतबार अन्तिम सुनुवाइको पेसी तोकिएको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिएका छन् ।
निरन्तर पेसीमा रहेपनि अन्तिम सुनुवाइ नहुँदा मुद्दाले किनारा पाउन सकेको छैन । सर्वोच्च अदालतले मुद्दाको फैसला चाँडो गर्नका लागि जिल्ला अदालतलाई आदेश गरेको भएपनि विभिन्न कारणले पेसी स्थगित हुँदै आएको छ ।
यसअघि किशोरीले अन्तरिम राहत माग गर्दै दायर गरेको निवेदनमा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले अन्तरिम राहत दिन नपर्ने आदेश सुनाएको थियो । अन्तिम फैसलाबाटै मुद्दा किनार लगाउनुपर्ने भन्दै तत्काल अन्तरिम राहत दिननपर्ने आदेश जिल्ला अदालतले दिएको थियो ।
यसअघि सबै प्रक्रिया पूरा भइसकेको र सर्वोच्च अदालतले पनि फास्ट ट्रयाकमा सुनुवाइ गर्न भनेकाले अन्तिम सुनुवाइ तत्काल टुंग्याउने सम्भावना छ ।
वि.सं.२०७९ चैत २६ आइतवार ११:३४



















