YouTube Link

दश वटा दललाई सम्हालेर अगाडि बढ्ने जिम्मेवारी पनि नेपाली कांग्रेसकै हो: शेखर कोइराला

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रचण्ड नेतृत्वको सरकारलाई राम्ररी चलाउने जिम्मेवारी कांग्रेसकै भएको बताएका छन् ।

 

कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आयोजित कार्यक्रममा उनले कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताए । ‘प्रचण्डजीको सरकार छ, १० वटा दल छ भनिन्छ । त्यो १० वटा दललाई सम्हालेर अगाडि बढ्ने जिम्मेवारी पनि नेपाली कांग्रेसकै हो’, उनले भने, ‘नेपाली कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको छ । यो सरकारलाई राम्ररी चलाएर, देखाएर अगाडि बढ्न सक्छौं भन्ने विश्वास पनि हामीले लिएका छौं ।’

 

नेता कोइरालाले आर्थिक रुपमा मुलुक कठिन अवस्थामा रहेको भन्दै कांग्रेसलाई गल्ती गर्ने छुट नभएको पनि बताए । ‘नेपाली कांग्रेस १/२ दिनभित्रै सरकारमा जाँदैछौं, अब नेपाली कांग्रेसलाई गल्ती गर्ने छुट छैन भने पनि हुन्छ । कुनै किसिमको कमी कमजोरी कांग्रेसबाट हुनु हुँदैन’, कोइरालाले भने, ‘यी सबै कुरालाई नेपाली कांग्रेसले अत्यन्तै गम्भीर किसिमले लिएका छौं । र त्यसलाई अगाडि बढाउने जिम्मा अबको कांग्रेसबाट जो नेतृत्व लिएर जानुहुन्छ उहाँहरुको जिम्मामा छ ।’

 

संक्रमणकालीन न्यायलाई पूर्णता दिँदा पीडितको न्यायलाई हेर्नुपर्ने उनले बताए । यो विषयमा अन्तर्राष्ट्रिय समुदायले नेपाललाई गम्भीर रुपले हेरिरहेको र सर्वोच्च अदालतले पनि विगतमा आदेश दिएको भन्दै कोइरालाले यी सबै कुरा विचार गरेर संसदमा रहेको संक्रमणकालीन न्यायसम्बन्धी ऐन अगाडि बढाउनुपर्ने बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...