YouTube Link

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलः नेपाल र लाओस खेल्ने

Facebook Link

 

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल शुरु हुँदैछ ।

 

थ्री नेसन्स कपमा घरेलु टोली नेपालसहित भुटान र लाओसको सहभागिता रहेको छ । थ्री नेसन्स कपको उद्घाटन खेलमा नेपाल र लाओसबीच खेल खेल्दैछ ।

 

घरेलु मैदानमा लाओसविरुद्ध खेल्दा नेपाल जितको लक्ष्यमा हुनेछ । नेपालले सन् २०१६ पछि पहिलोपटक लाओससँग खेल्न लागेको हो । एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो । जसमा २–२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३–० ले खेल जितेको थियो ।

 

नेपाली टोलीका कप्तान किरण चेम्जोङले छोटो तयारी भएपनि लाओसविरुद्ध खेल्न नेपाली टोली तयार रहेको बताएका छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टा एनेसले थ्री नेसन्सका लागि आफुले उत्कृष्ट खेलाडी छनोट गरेको बताएका छन् ।

 

थ्री नेसन्स कपका लागि मुख्य प्रशिक्षक एनेसले ६ नयाँ अनुहार र केही पुराना खेलाडीलाई टोलीमा समेट्द २३ सदस्यीय टोली घोषणा गरेको छ ।

 

सुमित श्रेष्ठ, मणि कुमार लामा, सनिस श्रेष्ठ, पदम भट्टराई, अभिषेक बराल र दीपकराज सिंह ठकुरी पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् । यस्तै लामो समयपछि फरवार्ड भरत खवास, मिडफिल्डर नवीन लामा र डिफेन्डर आदित्य चौधरीले टोलीमा पूनरागमन गरेका छन् । नवीन राष्ट्रिय टोलीमा परेपनि डेब्युको मौका पाएका छैनन् ।

 

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् । विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ ।

 

उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् । एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...