YouTube Link

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र टोटेनहमको विजयी शुरुवात

Facebook Link

एजेन्सी: साविक विजेता म्यान्चेस्टर सिटी र टोटेनहमले इंग्लिस प्रिमियर लिगमा विजयी शुरुवात गरेका छन् । साविकको विजेता म्यानचेस्टर सिटीले इंग्लिश प्रिमियर लिग अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा फराकिलो जित निकालेको छ । सिजनको पहिलो खेलमा वेष्ट ह्यामलाई ५–० गोल अन्तरले पराजित गर्दै सिटीले सुखद सुरुवात गरेको हो ।

वेष्ट ह्यामको होम ग्राउन्डमा सिटीलाई जित दिलाउन रहिम स्टर्लिङले ह्याट्रिक गोल गरे । यस्तै ग्राबियल जिजस र सर्जियो अगुइरोले एक एक गोल गरे । पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा थप चार गोल गरेको थियो । खेलको २५ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ५१ औं मिनेटमा स्टर्लिङले सिटीको अग्रता २-० को बनाए । ७५ औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता तेब्बर बनाए । ८६ औं मिनेटमा अग्युरोले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता ४–० को बनाए । त्यसपछि खेलको ९० औं मिनेटमा स्टर्लिङले ह्याट्रिक पुरा गर्दै सिटीलाई ५–० को जित दिलाए । जितसँगै सिटीले ३ अंकबाट सिजनको सुरुवात गरेको छ । वेष्ट ह्यामले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

यस्तै शनिबार राति प्रिमियर लिग अन्तर्गत भएको खेलमा टोटेनहमले एस्टन भिल्लालाई ३–१ गोल अन्तरले ले पराजित गरेको हो । टोटनहमको होम ग्राउन्डमा खेलको सुरुवाती समयमा नै पछि परेको टोटेनहमले अन्तिम १७ मिनेटमा ३ गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल बनेको थियो । भिल्लाका लागि जोन मक्गिनले गोल गर्दै अग्रता दिलाएका थिए । काउन्टर अट्याकमा भर परेको भिल्लाले त्यसपछि आक्रमण बुन्न भने सकेन ।

दोस्रो हाफको ७३ औं मिनेटमा टान्गुइ एनडोम्बेलेले गोल गर्दै खेल बराबरीमा ल्याए । कर्नरमा रिबाउन्ड आएको बललाई लुमास मोउराले पास दिएपछि टान्गुइले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । ८६ औं मिनेटमा ह्यारी केनले डिफेन्डरको गल्तीको फाइदा उठाउँदै गोल गरे । निर्धा्रित समयको अन्तिम मिनेटमा केनले अग्रता दोब्बर पारे । उनले मौसा सिसोकोको पासलाई उत्कृष्ट फिनिस गर्दै जित पक्का गरेका थिए । यस जितसँगै पहिलो खेलमा ३ अंक जोडेको छ । त्यसअघि एभरटन र क्रिस्टल प्यालेसको खेल गोलरहित बराबरीमा सकिएको थियो । सेफिल्ड युनाइटेडले पनि पहिलो खेलमा बर्नमाउथलाई १–१ को बराबरीमा रोक्यो । बर्नलीले साउथह्याम्पटनलाई तथा ब्राइटनले वाटफर्डलाई समान ३–० को स्कोरले पराजित गरे ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...