Texas College
YouTube Link

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र टोटेनहमको विजयी शुरुवात

Facebook Link

एजेन्सी: साविक विजेता म्यान्चेस्टर सिटी र टोटेनहमले इंग्लिस प्रिमियर लिगमा विजयी शुरुवात गरेका छन् । साविकको विजेता म्यानचेस्टर सिटीले इंग्लिश प्रिमियर लिग अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा फराकिलो जित निकालेको छ । सिजनको पहिलो खेलमा वेष्ट ह्यामलाई ५–० गोल अन्तरले पराजित गर्दै सिटीले सुखद सुरुवात गरेको हो ।

वेष्ट ह्यामको होम ग्राउन्डमा सिटीलाई जित दिलाउन रहिम स्टर्लिङले ह्याट्रिक गोल गरे । यस्तै ग्राबियल जिजस र सर्जियो अगुइरोले एक एक गोल गरे । पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा थप चार गोल गरेको थियो । खेलको २५ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ५१ औं मिनेटमा स्टर्लिङले सिटीको अग्रता २-० को बनाए । ७५ औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता तेब्बर बनाए । ८६ औं मिनेटमा अग्युरोले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता ४–० को बनाए । त्यसपछि खेलको ९० औं मिनेटमा स्टर्लिङले ह्याट्रिक पुरा गर्दै सिटीलाई ५–० को जित दिलाए । जितसँगै सिटीले ३ अंकबाट सिजनको सुरुवात गरेको छ । वेष्ट ह्यामले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

यस्तै शनिबार राति प्रिमियर लिग अन्तर्गत भएको खेलमा टोटेनहमले एस्टन भिल्लालाई ३–१ गोल अन्तरले ले पराजित गरेको हो । टोटनहमको होम ग्राउन्डमा खेलको सुरुवाती समयमा नै पछि परेको टोटेनहमले अन्तिम १७ मिनेटमा ३ गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल बनेको थियो । भिल्लाका लागि जोन मक्गिनले गोल गर्दै अग्रता दिलाएका थिए । काउन्टर अट्याकमा भर परेको भिल्लाले त्यसपछि आक्रमण बुन्न भने सकेन ।

दोस्रो हाफको ७३ औं मिनेटमा टान्गुइ एनडोम्बेलेले गोल गर्दै खेल बराबरीमा ल्याए । कर्नरमा रिबाउन्ड आएको बललाई लुमास मोउराले पास दिएपछि टान्गुइले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । ८६ औं मिनेटमा ह्यारी केनले डिफेन्डरको गल्तीको फाइदा उठाउँदै गोल गरे । निर्धा्रित समयको अन्तिम मिनेटमा केनले अग्रता दोब्बर पारे । उनले मौसा सिसोकोको पासलाई उत्कृष्ट फिनिस गर्दै जित पक्का गरेका थिए । यस जितसँगै पहिलो खेलमा ३ अंक जोडेको छ । त्यसअघि एभरटन र क्रिस्टल प्यालेसको खेल गोलरहित बराबरीमा सकिएको थियो । सेफिल्ड युनाइटेडले पनि पहिलो खेलमा बर्नमाउथलाई १–१ को बराबरीमा रोक्यो । बर्नलीले साउथह्याम्पटनलाई तथा ब्राइटनले वाटफर्डलाई समान ३–० को स्कोरले पराजित गरे ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...