YouTube Link

सिंहदरबार घेर्न गएका आरक्षण बचाउ आन्दोलनमा प्रहरी हस्तक्षप, नेता कार्यकर्ता गिरफ्तार

Facebook Link

काठमाडौं: लोकसेवा आयोगले जारी गरेको विज्ञापन असमावेशी भएको भन्दै आदिवासी जनजाति, मुस्लिम, दलित लगायत समुदायले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षप गरेको छ । राजधानीको भद्रकालीमा गरिएको प्रदर्शन प्रहरीले बल प्रयोग गरेको हो ।

प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि बल प्रयोग भएको प्रहरीले जनाएको छ । यस क्रममा प्रहरीले आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, महासचिव थाङसाङ लावती, समाजवादी पार्टीका नेता दलमर्दन कामी, सुखवीर थामी, सहेक विश्वकर्मा, हेमन्त राई, काशिन्द्र यादव, राकेश राई, सिएन थारू, कल्पना, वाङ्जु तामाङ लगायत गिरफ्तारमा परेका छन् ।

प्रहरीले नियन्त्रणमा लिएपछि प्रदर्शनकारीहरुले चर्का नाराबाजी गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा समेत माग गरेका थिए । आदिवासी, जनजाति, महिला, दलित र पछाडि परेका समुदायले लोक सेवा आयोगले सरकारको सिफारिसमा खुलाएको स्थानीय तहको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै विरोध प्रर्दशनको कामलाई निरन्तरता दिइरहेका छन् ।

केही महिनाअघि लोक सेवा आयोगले जारी गरेको विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरीत रहेको भन्दै आरक्षण बचाउ आन्दोलनले धर्ना, प्रदर्शन गर्दै आएको छ । उनीहरुले आज सिंहदरबार, प्रदेश प्रमुखको कार्यालय, लोकसेवाको कार्यालयअघि प्रदर्शन गर्ने कार्यक्रमअनुसार प्रदर्शन गरेका हुन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...