YouTube Link

क्रिकेटमा डिएलएस मेथड के हो ?

Facebook Link

 

काठमाडौं: डिएलएस अर्थात् डकवर्थ लुइस स्टर्न यस्तो गणितीय सूत्र हो, जसमा वर्षा वा ब्याड लाइटले रोकिएको खेलको ओभर र लक्ष्य घटाएर नयाँ लक्ष्य तय गरिन्छ ।

 

लक्ष्य पछ्याइरहेको टिमलाई नियम अनुसार तय भएको नयाँ लक्ष्य दिइन्छ, जसमा मुख्यतः बचेको ओभर र विकेट दुवैलाई ध्यान दिइन्छ ।

 

थोरै ओभरमा कसरी नयाँ लक्ष्य तय गरिन्छ भन्ने गणितीय सूत्रमा काम हुन्छ, जुन सूत्र इंग्ल्यान्डका गणितज्ञ फ्र्यांक डकवर्थ र टोनी लुइसले तयार पारेका थिए, यसलाई सन् १९९९ देखि आइसिसीले प्रयोगमा ल्याएको हो ।

 

यसपछि अस्ट्रेलियाको स्टिव स्टर्नले सन २०१५ मा विश्वकपभन्दा अगाडि यसलाई अपडेट गरे, त्यसपछि यो सूत्रमा उनको पनि नाम जोडियो र डिएलएस अर्थात् डकवर्थ लुइस स्टर्न भयो ।

 

यस नियम अनुसार विकेट र ओभर दुवैलाई रिसोर्स मानिन्छ । इनिङको सुरुवातमा दुवै टिमसँग रहेको १० विकेट र ५० ओभरलाई १०० प्रतिशत रिसोर्स मानिन्छ । यो सूत्रअनुसार बाधा भएको खेल अवधिमा कुन टिमले कति रिसोर्स खर्च गर्‍यो भन्ने तय गरिन्छ ।

 

एक विकेट वा एक ओभरलाई रिसोर्स प्रतिशतमा बदल्न लिमिटेड ओभर क्रिकेटको स्कोरिङ ढाँचालाई प्रयोग गरिन्छ । अन्तर्राष्ट्रिय क्रिकेटमा रिसोर्स भेल्यु एक कम्प्युटर प्रोगामको माध्यमबाट तय गरिन्छ, जो सार्वजनिक छैन ।

 

यो नियममा पहिले खेल्ने टिमले खेल रोकिने बेलासम्म कति रिसोर्स प्रयोग गरेको थियो भन्ने पत्ता लगाउने सूत्र हुन्छ । बिहीबारको खेलमा नियम अनुसार खेल रोकिने बेलासम्म नेपालसँग ६ ओभर र चार विकेट बाँकी थियो, अर्थात् नेपालको १६ दशमलव ४ प्रतिशत रिसोर्स बच्यो ।

 

यही सूत्र अनुसार ८३ दशमलव ६ प्रतिशत रिसोर्स खर्च गर्दा युएईले २५९ दशमलव १६ रन बनायो । यही अवधिमा नेपालले भने २६९ रन बनाइसकेको थियो । त्यसैले नेपाल ९ रनले विजयी भयो ।

 

अब खेलको नतिजा कसरी तय हुन्छ भन्ने प्रश्न आयो । यसमा सूत्र छ– टिम २ (नेपाल) को नयाँ लक्ष्य = टिम १ (युएई) को स्कोर (३१०) x (टिम २ (नेपाल) को रिसोर्स (८३.६)÷टिम १ (युएई)को रिसोर्स (१००) ।

 

यो सूत्र अनुसार नेपालको लक्ष्य २६०.१६ भयो । जुन युएईको भन्दा ९ रन बढी थियो । यही आधारमा नेपालको जितको घोषणा भएको हो । यदि नेपालले विकेट नगुमाई ४५ ओभर खेलेको भए पनि नेपालको रिसोर्स ८५.७ प्रतिशत हुन्थ्यो । यसो हुँदा पनि नेपालले ३ रनले जित्ने अंक आउँथ्यो । (नयाँ पत्रिकाबाट)

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...