राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा पाँच जना नियुक्त
वि.सं.२०७९ चैत २ बिहीवार १८:२९
1.7K
shares
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा पाँच सदस्य नियुक्त भएका छन् । पौडेलको शपथग्रहणकै दिन प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका थिए ।
स्वकीय सचिवमा चिरञ्जिवी अधिकारी निजी सचिव नियुक्त भएका छन् भने नेपाल प्रेस युनियनका पूर्वसचिव खिला कार्की मिडिया हेर्नेगरी सचिवालयमा नियुक्त भएका छन् । नेविसंघका नेता सुशील तिमल्सिनाले पनि सचिवालयमा नियुक्ति पाएका छन् ।
त्यस्तै राष्ट्रपतिको निजी फोटोग्राफरमा फोटो पत्रकार अनिश रेग्मी नियुक्त भएका छन् । अन्य विज्ञ सल्लाहकार र सहयोगीहरू क्रमशः नियुक्त हुने बताइएको छ ।
वि.सं.२०७९ चैत २ बिहीवार १८:२९




















