राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिँदै
वि.सं.२०७९ फागुन २८ आइतवार ११:११
1.3K
shares
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज (फागुन २८ गते) सकिँदै छ । आगामी कार्यकालका लागि नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल चयन भइसकेका छन् ।
पौडेलले भोलि सोमबार शपथ खाएर पद सम्हाल्ने कार्यक्रम छ । त्यसअघि राष्ट्रपति भण्डारी आज पाँच वर्षे कार्यकाल सकिने भएकाले शीतल निवासबाट निजी निवासमा सर्न लागेकी हुन् ।
भण्डारी बूढानीलकण्ठस्थित निजी निवासमा सर्नेछिन् । भण्डारी दोस्रोपटक २०७४ फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी त्यसअघि संविधान घोषणापछि २०७२ कात्तिक ११ गते पहिलोपटक राष्ट्रपति भएकी थिइन् ।
वि.सं.२०७९ फागुन २८ आइतवार ११:११




















