सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २४ यात्रु घाइते
वि.सं.२०७९ फागुन २८ आइतवार १०:५९
1.7K
shares
काठमाडौं: ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
बा २ ख ६५९६ नम्बरको बसर बिहान सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ मा कुहिभिर भन्ने ठाउँमा बिहान दुर्घटना भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी दिएको छ ।
अहिलेसम्म उक्त बसमा जम्मा २९ यात्रु रहेको बुझिएको प्रहरीले जानकारी दिएको छ । सडकको भित्तामा ठोक्किएर बस दुर्घटनामा परेको हो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
वि.सं.२०७९ फागुन २८ आइतवार १०:५९




















