प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
वि.सं.२०७९ फागुन ४ बिहीवार ११:१४
1.4K
shares
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
जारी भेटवार्तामा राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । भारतीय विदेश सचिवको नेपाल भ्रमणपछि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेट भएको यो पहिलो पटक हो । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा प्रचण्ड र ओलीबीचको भेटवार्ता बाक्लिँदै गएको छ ।
राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दलबीच मतभेद देखिन थालेको छ । पूर्व सहमति अनुसार एमालेले राष्ट्रपति आफूले पाउनु पर्ने अडान राख्दै आएको छ भने माओवादीले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्ने बताएको छ ।
उता प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा माओवादीले आफूलाई सघाउने विश्वास लिएको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको मनोनयन यही १३ गते हुँदैछ । दलहरुले अहिलेसम्म राष्ट्रपतिको उम्मेदवार चयन गर्न सकेका छैनन् ।
वि.सं.२०७९ फागुन ४ बिहीवार ११:१४




















