YouTube Link

प्रदेश १ मा प्रचण्डको ज्वाईलाई मन्त्री बनाएपछि पार्टीभित्रै असन्तुष्टि

Facebook Link

 

काठमाडौं: प्रदेश १ मा नेकपा माओवादी केन्द्रबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ज्वाई जीवन आचार्यलाई मन्त्री बनाएपछि पार्टीभित्रै असन्तुष्टि बढेको छ ।

 

आयार्चलाई मन्त्री बनाएकोप्रति ‘सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसन’ गम्भीर आपत्ति जनाएको छ । सोमबार मुख्यमन्त्री हिम्कत कार्कीसँग आचार्य पनि विना विभागीय मन्त्री नियुक्त भएका थिए । उनलाई मन्त्रालय तोक्न बाँकी छ ।

 

उनलाई मन्त्री नियुक्त गर्दा जनभावना र अहिलेको वस्तुगत आवश्यकतालाई विशेष ख्याल गर्नुपर्ने जातीय, क्षेत्रीय, वर्गीय तथा योगदान एवम् लाल र निपूण, सबै हिसावले आचार्यभन्दा धेरै योग्य अन्य सांसदलाई पाखा लगाइएको आरोप छ ।

 

फाउण्डेसनका महासचिव अटल आचार्यले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो माओवादी संस्कृति हैन । औपचारिक तर्क गरेर यसको दोष अरू कसैलाई दिन सकिएला तर त्यसो गर्नु सर्वथा गलत हुन्छ, औपचारिकता र अमूर्तताको बहसले सुद्धिकरण र रुपान्तरण सम्भव छैन । व्यवहारतः यसको सम्पूर्ण जिम्मेवारी कमरेड प्रचण्डलाई जान्छ र उहाँले नै लिनुपर्छ ।’

 

माओवादी आन्दोलनमा नेतृत्वको योगदान उल्लेख्य रहेपनि आन्दोलन र परिवर्तनको लागि हजारौं सपूतहरूको बलिदान र लाखौंको समर्पण विना नेतृत्वको योगदान सम्भव नभएको उल्लेख गरेका छन् ।

 

‘इतिहास बदल्न बलिदान दिने तिनै सपूतहरुका सन्तती हुनुको नाताले यो फाउण्डेशन र यसका सदस्यहरुले पनि आवश्यक पर्दा इतिहाँसको रक्षार्थ बगेको रगत जस्तै प्रष्ट देखिने र छुइने भाषामा बोल्नुपर्छ’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तै हुने हो भने हामीले भन्नै पर्ने हुन्छ- लोभी आँखाहरुबाट त्यागी इतिहासको रक्षा हुन सक्दैन । तर त्यसो भन्नु अघि हामी कमरेड प्रचण्डलाई आग्रह गर्न चाहन्छौं- उक्त निर्णय शिघ्रतापूर्वक सच्याउन लगाईयोस् ।’

 

पार्टी अध्यक्ष प्रचण्डले बारम्बार भन्ने गरेको पार्टी निर्माण र सुद्धिकरण अहिलेको मुख्य आवश्यकता भन्ने कुरालाई समेत स्मरण गराएका छन् । पुराना नेतालाई पाखा लगाएर प्रचण्डको ज्वाईलाई मन्त्री बनाएपछि पार्टीभित्रैबाट आलोचना भइरहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...