बालकोटमा चार दलबीच छलफल
वि.सं.२०७९ पुस १० आइतवार १५:३१
1.7K
shares
काठमाडौं: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा चार दलबीच छलफल भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा गठबन्धन टुटेको घोषणा गरेपछि बालकोटमा पुगेका हु्न् ।
सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीमा सहमति नजुटेपछि नयाँ सत्तासमीकरण बनाउन एमालेसहित राजनीतिक दलहरु सक्रिय भएका हुन् । छलफलमा नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरु सहभागी छन् ।
बैठकमा ओली, प्रचण्ड, नारायणकाजी श्रेष्ठ, शंकर पोखरेल, रवि लामिछाने, देव गुरुङ, विष्णु पौडेल, वर्षमान पुन र विष्णु रिमाललगायतका नेताहरु उपस्थित छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन्। बहुमत पुर्याउने दलले आज ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ । तर समयसीमा घर्कदै जाँदा राजनीतिक दलबीच सत्ता बाँडफाडमा टुंगो लागेको छैन ।
वि.सं.२०७९ पुस १० आइतवार १५:३१



















